२०८२, २५ कार्तिक सोमबार

मण्डनदेउपुरको क्वारेन्टाइनमा ५ जना, क्वारेन्टाइनमा खटिने कर्मचारीको जीवन बिमा

मण्डनदेउपुरको क्वारेन्टाइनमा ५ जना, क्वारेन्टाइनमा खटिने कर्मचारीको जीवन बिमा


धुलिखेल, १६ चैतः काभ्रेको मण्डनदउपुर नगरपालिकाको क्वारेन्टाइनमा विदेशबाट फर्किएका ५ जनालाई राखिएका छन् । उनीहरुलाई महादेव प्राथमिक विद्यालयमा स्थापना गरिएको डुम्रिडाँडामा रहेको क्वारेन्टाइनमा राखिएको प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले जानकारी दिए ।

उनका अनुसार विदेशबाट फर्किएका अन्य ५ जनालाई आफ्नै घरको क्वारेन्टाइनमा बसेका छन् । उनीहरुको निगरानी पालिकाको स्वास्थ्य कर्मीले गरिरहेका छन् । नगरपालिकाले विदेशबाट फर्किएका सबैलाई नेपाल सरकारले तोकेको अवधिभर क्वारेन्टाइनमा बस्न निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए । पालिकाले सिपाघाटमा १५ बेड र कालिका प्राथमिक विद्यालय नौ बिसेमा १५ बेडको क्वारेन्टाइन तयारी अवस्थामा राखेको छ । थप २० बेडको क्वारेन्टाइनमा पनि तयार गरिनेछ ।

यसैबीच नगरपालिकाले क्वारेन्टाइनमा खटिने स्वास्थ्य कर्मचारी र सुरक्षा कर्मीको जीवन बिमा गर्ने निर्णय गरेको छ । आइतबार बसेको विपद् ब्यवस्थापन समितिको बैठकले ५ लाखको जीवन बिमा गर्ने निर्णय गरेको हो । बैठकले मंगलबार राति १८ गते १२ बजेदेखि नगरपालिकाभित्र प्रवेश गर्ने सम्पूर्ण नाका बन्द गर्ने निर्णय गरेको उपप्रमुख निर्मला शाहीले जानकारी दिइन् । जिरो किलो, ज्याम्दी, नगरकोट, कात्तिके भञ्ज्याङ र सिपाघाट नाका बन्द हुनेछ ।

प्रकाशित मिति : २०७६, १६ चैत्र आईतबार  ४ : २५ बजे

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

सोमबार सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।

मलेसियाली तटमा आप्रवासी चढेको डुङ्गा दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौं । म्यानमारबाट भागेका रोहिंग्या आप्रवासी बोकेको डुंगा थाइल्यान्ड-मलेसिया समुद्री