२०८२, १६ चैत्र मंगलबार

पाँच मिनेटमै कोरोना भाइरस परीक्षण हुने मेसिन तयार

पाँच मिनेटमै कोरोना भाइरस परीक्षण हुने मेसिन तयार


काठमाडौं १६ चैत  : कोरोना भाइरस (कोभिड–१९) परीक्षणको नतिजा सबैभन्दा छिटो दिनसक्ने प्रविधि तयार भएको छ । कोरोना भाइरस संक्रमण परीक्षणका लागि विभिन्न किसिमको झन्झटको सामना गरिरहेको अवस्थामा अमेरिकी कम्पनी एबोटले सबैभन्दा छिटो भाइरस परीक्षण गर्न सकिने प्रविधिको विकास गरेको हो । यो प्रविधिले पाँच मिनेटमा प्रयोगशालाको झन्झट बिना नै नतिजा दिनसक्छ

अहिले समग्र विश्वले कोरोना भाइरसको महामारीको सामना गरिरहेको अवस्थामा विकास गरिएको यो प्रविधि आगामी दिनमा भाइरस नियन्त्रणको लागि समेत निकै महत्वपूर्ण सावित हुने अपेक्षा छ । यो प्रविधिलाई अमेरिकाको फूट एण्ड ड्रग्स एड्मिनिस्ट्रेशन (एफडीए) ले अनुमति दिइसकेको छ । आगामी साताबाट दैनिक ५० हजारको दरले यो मेसिन निर्माण सुरु हुन सक्ने बताइएको छ ।

अहिले अमेरिकामा यो यसलाई भाइरस परीक्षणको अनुमति दिइए पनि यसको नतिजा कति प्रतिशत सही छ भन्ने कुरा भने सार्वजनिक गरिएको छैन । यो मेसिनले बिरामीमा भाइरसको आरएनए कति छ भन्ने कुराको पहिचान गर्ने भएकाले शरीरमा भाइरसको उपस्थिति कति छ भन्ने कुरा यसले पत्ता लगाउन सक्छ ।

एबोटले अप्रिलमा यो मेसिनबाट ५० लाख मानिसमा कोरोना भाइरसको परीक्षण हुनसक्ने बताएको छ । एफडीएले यसलाई गत मार्च १८ मा अनुमति दिएको थियो ।

एजेन्सी

प्रकाशित मिति : २०७६, १६ चैत्र आईतबार  ११ : ५५ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा