२०८३, १८ बैशाख शनिबार

कोरोनाको कारण : सिरहा कारागारबाट छाडिए २१ कैदीबन्दी

कोरोनाको कारण : सिरहा कारागारबाट छाडिए २१ कैदीबन्दी


लहान, १६ चैत  :  कारागारमा ठूलो संख्यामा कोचाकोच गरि कैदीबन्दीलाई राख्दा कोभिड १९ को संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखी सिरहा कारागारले २१ कैदीबन्दीलाई रिहा गरेको छ ।

जिल्ला अदालत सिरहाको आदेशमोजिम एक वर्षभन्दा कम समयको कैद सजाय पाएका ती कैदीबन्दीलाई छाडिएको सिरहा कारागारका जेलर वविता महतोले जानकारी दिनुभयो । अदालतले एक वर्षभन्दा कम समयको कैद सजाय भएका कैदीबन्दीलाई भुक्तान गर्न बाँकी समयवापतको रकम तिराएर छाड्न दिएको आदेशअनुसार कैदीबन्दीबाट रकम तिराएर छाडिएको जेलर महतोले बताउनुभयो । कुल १५० जना क्षमता रहेको कारागारमा हाल २० महिला सहित ५५१ कैदीबन्दी छन् ।

एक जनामा पनि संक्रमण भएमा केही दिनमै धेरैलाई फैलन सक्ने भएकाले कैदीबन्दीलाई एक सातादेखि आफन्तजनसँग पनि भेटघाट गर्न नदिइएको र संक्रमणबाट बच्ने उपायबारे सचेत गराइएको जेलर महतोको भनाइ छ । नेता यादवबाट साबुन र स्यानिटाइजर वितरण लहान, १६ चैत्र ९रासस० ः नेकपा सप्तरीका युवा नेता प्रमोदकुमार यादवले व्यक्तिगत रुपमा सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई स्यानिटाइजर र साबुन वितरण गर्नुभएको छ ।

उहाँले सप्तरीको बोदे बर्साइन नगरपालिकास्थित सशस्त्र प्रहरी, नेपाल प्रहरी र क्वारेन्टाइनका लागि स्यानिटाइजर तथा साबुन वितरण गर्नुभयो । रासस

प्रकाशित मिति : २०७६, १६ चैत्र आईतबार  ९ : ५९ बजे

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो