२०८२, ७ चैत्र आईतबार

काभ्रेको चण्डेनीमा स्थानीयले गराए बाटो बन्द

काभ्रेको चण्डेनीमा स्थानीयले गराए बाटो बन्द


धुलिखेल, १५ चैतः काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर १० चण्डेनीका स्थानीयले बाटो बन्द गराएका छन् । सरकारले लकडाउन गरेपनि गाउँमा नचिनेका मान्छेहरु ओहोर-दोहोर गरेको भन्दै स्थानीयले बाटो बन्द गराएका हुन् ।

उनीहरुले चण्डेनी चोकमै ढुंगा थुपारेर बाटो बन्द गराएका छन । सचेतनामा लागि बाटो बन्द गरिएको र एम्बुलेन्स जस्ता अत्यावश्यक सवारी साधनलाई नरोकिने स्थानीय सालिकराम श्रेष्ठले बताए । ‘कोरोना भाइरसको संक्रमण फैलने डरले घरभित्र बसिरहेका बेला केहि अपरिचित मानिसहरुले गाउँमा सवारी साधन लिएर प्रवेश गरे, श्रेष्ठले भने ‘त्यस पछि हामीले बाटो बन्द गराएका हाैँ, एम्बुलेन्स जस्ता अत्यावश्यक सवारी साधन राकिने छैन् ।’

श्रेष्ठले लकडाउनका अर्थ बुझाउन पनि यसो गर्न आवश्यक रहेको बताए । ‘यो एउटा महामारी विश्वभर फैलिएको छ, उनले भने ‘यसको रोकथाम हामीले सबै मिलेर गर्ने हो, अनावश्यक रुपमा गाउँमा ओहोरदोहोर गर्दा पनि संक्रमण फैलन सक्छ ।’

प्रकाशित मिति : २०७६, १५ चैत्र शनिबार  ६ : ५७ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको