काठमाडौं १५ चैत : नेपालमा पाँचौं व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको क्रममा बेल्जियमबाट नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएको हो । उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।
उनीहरू मध्ये एक जना निको भएर घर गएका छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया