२०८२, १३ फाल्गुन बुधबार

काभ्रेमा सेना र पुलिसकाे कार्यालय अघि मानिसको लस्कर, राजमार्गमा ट्रक र टिपरले बोक्छन मान्छे

काभ्रेमा सेना र पुलिसकाे कार्यालय अघि मानिसको लस्कर, राजमार्गमा ट्रक र टिपरले बोक्छन मान्छे


धुलिखेल, १५ चैतः धुलिखेलको अड्डा बजार । नेपाली सेनाको विष्णु दल गण र जिल्ला प्रहरीको कार्यालय । धेरैलाई लाग्दो हो । सरकारले घोषण गरेको लकडाउन पछि अड्डा बजार सुनसान होला । तर आम मानिसले सोचे जस्तो छैन अड्डा बजारको दृश्य ।

हाम्रा पुर्खाहरु गाडी चल्ने सडक नहुदाँ पहिला यहि बाटो भएर सहर–गाउँ आउजाउ गर्थे । अहिले राजधानीबाट सहज रुपमा गाउँ जान गाडी नभएपछि यहि बाटो भएर काठमाण्डौ, भक्तपुर, बनेपा बसेका मानिसहरु गाउँ गइरहेका छन् । हुल बाँधेर । तर न प्रहरीले केहि गर्छ, न नेपाली सेनाले नै । बिहान र बेलुका घर बाहिर ननिस्कन माइकिङ मार्फत प्रहरीले उर्दी जारी गर्छ । तर लखर–लखर सडकमा हिडेकालाई केहि गर्दैन् ।

बिहान साढे ११ बजेतिर एक हुल मानिस अड्डा बजारमा असिन पसिन अवस्थामा देखिए । उनीहरु भन्दै थिए । राति साढे २ बजे भक्तपुरबाट हिडेको । दाप्चा पुग्नुछ । लकडाउन भनेको सवारी साधन मात्रै एक ठाउँबाट अर्को ठाउँ जान नपाउनु होइन । मानिस समेत जुन ठाउँमा छ त्यहि ठाउँमा सुरक्षित बस्नु हो । तर मानिसहरु हुल बाँधेर हिडिरहेका छन् । त्यो पनि सेना र प्रहरीकै कार्यालय अघिबाट । तर सुरक्षा निकायले कुनै पनि पहल नगरेको अड्डा बजारका स्थानीयहरुले गुनासो गरे ।

धुलिखेल अरनिको र बीपी राजमार्गको मुख्य भागमा पर्छ । हुन त सुरक्षा निकायले यो महामारीका बेला गरेको कामलाई सम्मान त गर्नै पर्छ । तर जति गर्न सक्थ्यो काभ्रे प्रशासनले त्यत्ति गरेको छैन । राजमार्गमा मिनी टिपर र ट्रकले रातदिन मान्छे गाउँमा ओसारी रहेका छन् । त्यसलाई रोकेको छैन । किन भने टिपर र ट्रकले मान्छे बोक्न पाउँदैनन् । तर अरनिको र बीपी राजमार्गमा टिपर र ट्रकलाई मान्छे बोक्ने छुट् प्रहरी प्रशासनले दिएको छ ।

राजमार्गमा गाडी चलिरहेको छ, तपाईहरुले पास दिनुभएको हो ? भनेर जिल्लाका सुरक्षा निकायलाई सोध्यो भने गाडी नै चलेको छैन तपाईले कहाँ देख्नु भयो भन्ने जवाफ दिन्छन् । सबैको कर्तब्य हो । सुरक्षित हुने । तर यो बेला कानुन कार्यान्वयन गराउने ठाउँमा बस्ने निकायको अझ बढी महत्व हुन्छ ।

प्रकाशित मिति : २०७६, १५ चैत्र शनिबार  २ : ३७ बजे

शंकर पोखरेलको विकास दृष्टि : संरचना,स्थायित्व र समृद्ध भविष्यको रणनीतिक मार्गचित्र

राजनीतिमा प्रतिबद्धता धेरैले व्यक्त गर्छन् । तर त्यसलाई योजनाबद्ध दृष्टि,

हरिहरपुरगढीका वडाहरुमा एमालेप्रति देखियो उत्साह

सिन्धुली । नेकपा एमाले हरिहरपुरगढी गाउँपालिका ६ मा एमालेको निर्वाचन

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन का क्रममा खटिने

ओलीलाई “सिङ्गो गाउँ” उपहार, बारसुदीका ४०० मतदाता एमाले प्रवेश

गौरीगञ्ज । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमाले

नेताहरूनैं मतदान अधिकृत !

सिन्धुली । सिन्धुली क्षेत्र नंं २ को निर्वाचन कार्यालय खटाएको