२०८२, ७ चैत्र आईतबार

पाँचखाल नगरपालिका–४ का अध्यक्ष लामाले दिए ज्याला मजदुरी गर्नेलाइ खाद्यान्न

पाँचखाल नगरपालिका–४ का अध्यक्ष लामाले दिए ज्याला मजदुरी गर्नेलाइ खाद्यान्न


धुलिखेल, १५ चैतः काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष सुन्दर लामाले लकडाउनका कारण दैनिक छाक टार्न समस्या भोगिरहेकाहरुलाई खाद्यान्न दिन सुरु गरेका छन् । शनिबार घरमै पुरे वडाध्यक्ष लामाले पाँचखालको पुरानो बजार (चौकी पछाडी) सोम लामा र सुकराज मिजारको परिवारलाई खाद्यान्न वितरण गरेका हुन् ।
श्रीमति र सोम लामा दैनिक ज्याला मजदुरी गर्दै अइरहेका थिए ।

त्यस्तै ५ जनाको परिवार रहेको सुकराज मिजारको परिवार पनि घर बनाउने काम गर्दै आएका थिए । तर कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउन गरेसँगै उनीहरुको पनि काम रोकिएको छ ।

वडाध्यक्ष लामाले प्रति परिवार १ बोरा चालम, तेल, मसला जस्ता दैनिक आवश्यक पर्ने खाद्यान्न घरमै पुर्याएका हुन् । वडाध्यक्ष लामाले शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत अन्य ठाउँबाट आइ दैनिक ज्याला मजदुरी गर्ने र वडाकै पनि दैनिक ज्याला मजदुरी गरेर खर्च चलाउँदै आएकालाई सपर्कमा आउन आग्रह गरेका थिए ।

अहिलेसम्म ४ घरधुरी सम्पर्कमा आएको वडाध्यक्ष लामाले जानकारी दिए । यसैबीच पाँचखाल नगरपालिकाको वडा नम्बर ९, ७ र ५ ले पनि दैनिक ज्याला मजदुरी गर्नेलाई सम्पर्कमा आउने आह्वान गरेका छन् ।

प्रकाशित मिति : २०७६, १५ चैत्र शनिबार  १ : ०४ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको