२०८२, २९ पुस मंगलबार

पाँचखाल नगरपालिका–४ का अध्यक्ष लामाले दिए ज्याला मजदुरी गर्नेलाइ खाद्यान्न

पाँचखाल नगरपालिका–४ का अध्यक्ष लामाले दिए ज्याला मजदुरी गर्नेलाइ खाद्यान्न


धुलिखेल, १५ चैतः काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष सुन्दर लामाले लकडाउनका कारण दैनिक छाक टार्न समस्या भोगिरहेकाहरुलाई खाद्यान्न दिन सुरु गरेका छन् । शनिबार घरमै पुरे वडाध्यक्ष लामाले पाँचखालको पुरानो बजार (चौकी पछाडी) सोम लामा र सुकराज मिजारको परिवारलाई खाद्यान्न वितरण गरेका हुन् ।
श्रीमति र सोम लामा दैनिक ज्याला मजदुरी गर्दै अइरहेका थिए ।

त्यस्तै ५ जनाको परिवार रहेको सुकराज मिजारको परिवार पनि घर बनाउने काम गर्दै आएका थिए । तर कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउन गरेसँगै उनीहरुको पनि काम रोकिएको छ ।

वडाध्यक्ष लामाले प्रति परिवार १ बोरा चालम, तेल, मसला जस्ता दैनिक आवश्यक पर्ने खाद्यान्न घरमै पुर्याएका हुन् । वडाध्यक्ष लामाले शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत अन्य ठाउँबाट आइ दैनिक ज्याला मजदुरी गर्ने र वडाकै पनि दैनिक ज्याला मजदुरी गरेर खर्च चलाउँदै आएकालाई सपर्कमा आउन आग्रह गरेका थिए ।

अहिलेसम्म ४ घरधुरी सम्पर्कमा आएको वडाध्यक्ष लामाले जानकारी दिए । यसैबीच पाँचखाल नगरपालिकाको वडा नम्बर ९, ७ र ५ ले पनि दैनिक ज्याला मजदुरी गर्नेलाई सम्पर्कमा आउने आह्वान गरेका छन् ।

प्रकाशित मिति : २०७६, १५ चैत्र शनिबार  १ : ०४ बजे

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता

“बागबजारको होडिङ बोर्ड” सपना र संघर्ष

धेरैपछि काठमाडौँ आएको छु,अन्तर्राष्ट्रिय विमानस्थलबाट झर्दा पहिलो सासमै केही फरक

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका

कांग्रेस विशेष महाधिवेशनको भविष्य बालुवाटार वार्तामा अड्कियो

काठमाडौं। नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा