धुलिखेल, १४ चैत : काभ्रेको पनौती नगरपालिकामा कोरोना विरुद्ध कीटनाशक औषधि ९डिसइन्फेक्सन स्प्रे० छरेको छ । नगरपालिकाले शुक्रबार बसपार्क क्षेत्रबाट डिसइन्फेक्सन स्प्रे छर्न सुरु गरेको हो । नगरप्रमुख भीम न्यौपानेले नगरका मुख्यचोक र बजार क्षेत्रमा ९डिसइन्फेक्सन स्प्रे० छर्ने अभियान शुरु गरेको बताए ।
प्रमुख न्यौपानेका अनुसार कोरोना भाइरसको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै पनौती नगरपालिकाले १३ शैयाको क्यारेन्टाइन तयार पारेको छ । खोपासीमा रहेको साहारा जेष्ठ नागरिक समाजको भवनमा क्यारेन्टाइन तयार पारेका छन् । यसैगरी पनौतीमा निर्माणाधीन क्षेत्रीय रंगशालामा ४३ बेडको क्वारेन्टाइन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । नगरले ३ वटा एम्बुलेन्सलाई पनि तयारी अवस्थामा राखिएको नगर प्रमुख न्यौपानेले जानकारी दिए ।
प्रतिक्रिया