२०८२, २५ कार्तिक सोमबार

सिन्धुपाल्चोकका तीन जना आइसोलेसनमा उपचार गराउँदै

सिन्धुपाल्चोकका तीन जना आइसोलेसनमा उपचार गराउँदै


धुलिखेल, १४ चैतः सिन्धुपाल्चोक जिल्लामा तीन जनालाई आइसोलेसनमा राखेर उपचार थालिएको छ । भोटेकोशी गाउँपालिकाका तिन जनालाई प्राथामिक स्वास्थ्य केन्द्र बाह्रविसेमा राखेर उनीहरुलाई उपचार सुरु गरिएको हो ।

कोरोनासँग मिल्दो जुल्दो लक्षण देखापरेपछि उनीहरुलाई आइसोलेसनमा राखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोक प्रमुख दुर्गातत्त चापागाईका अनुसार उनीहरु हिजोदेखि स्वास्थ्य केन्द्रमा भर्ना भएका हुन् । उनीहरुको नमुना टेकु अस्पताल पठाइने र रिपोर्ट नआउँदा सम्म आइसोलेसनमै राखिने स्वास्थ्य कार्यालय प्रमुख चापागाईले बताए ।

गत माघ २७ गते इराकबाट फर्किएकी ३४ बर्षीया निमास्याङबो शेर्पा, उहाँको १७ बर्षीया छोरी याङगी शेर्पा र सोही स्थानका ८० बर्षीय छिरिङदोर्जे लामालाई सुख्खा रुघाखोकी लागेपछि बाह्रविसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशन वार्डमा राखि उपचार सुरु गरिएको बाह्रविसे स्वास्थ्य केन्द्रले जनाएको छ ।

स्वाब संकलनका लागि स्वास्थ्य केन्द्रमा बिरामीको स्वाब राख्ने भिटिएम (विशेष प्रकारको किट) आइपुगेपछि संकलन गरिएको स्वाब परिक्षणका लागि टेकु अस्पताल पुठाइने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख चापागाईले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, १४ चैत्र शुक्रबार  ८ : ०४ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य