धुलिखेल १४ चैत : काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ४ ले दैनिक ज्याला मजदुरी गर्ने मजदुरलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।
वडाध्यक्ष सुन्दर लामाले सामाजिक सञ्जाल फेसबुक मार्फत अन्य ठाउँबाट आइ दैनिक ज्याला मजदुरी गर्ने र वडाकै पनि दैनिक ज्याला मजदुरी गरेर खर्च चलाउँदै आएकालाई सम्पर्कमा आउन आग्रह गरेका हुन् ।
लकडाउनसँगै पसल, कलकारखाना बन्द भएको र दैनिक ज्याला मजदुरी गर्नेलाई विहान बेलुकाको खाना खान समेत समस्या भएको भन्दै वडाध्यक्ष लामाले तत्काल सम्पर्कमा आउन अनुरोध गरे ।
वास्तविकरुपमा दैनिक ज्याला मजदुरी गरेर खानाको ब्यवस्था गर्दै आएका परिवारको तथ्याङ्क संकलन गरेर तत्कालन खानपिनको ब्यवस्था मिलाउने वडाध्यक्ष लामाले बताए । वडाध्यक्ष लामाले ९८५११८९४७४ मा फोन गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया