२०८२, २६ भाद्र बिहीबार

कोरोना परीक्षण नेपाल जस्तै, हङकङमा पनि उस्तै, आठ नमुनामा कोरोना देखिएन

कोरोना परीक्षण नेपाल जस्तै, हङकङमा पनि उस्तै, आठ नमुनामा कोरोना देखिएन


काठमाडौं, १४ चैत : कोभिड १९ कोरोना भाईरस परिक्षणमा नेपाल सफल भएको छ । नेपालमा भइरहेको कोरोना भाइरस परीक्षणप्रति शंका–उपशंका भएपछि भाइरस पुनस्परीक्षणका लागि नेपालबाट हङकङ पठाइएका आठ नमूनामा कोरोना भाइरस भेटिएको छैन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरेर पुन परीक्षणका लागि हङकङ पठाइएका थिए ।

नेपालमा गरिएको आठ नमूनाहरुको नतिजा नेगेटिभ आएको थियो । नेगेटिभ आएको आठ जनाको नमुनालाई पुनस्परिक्षणका लागि हङकङ पठाएको हो । हङकङमा परिक्षण गरेको नमुना परिक्षणमा पनि कोरोना नभएको रिर्पोट आएको प्रयोगशालाका नमूना परीक्षण टिमका प्रमुख कन्सल्टेन्ट माइक्रोबाइजोलिस्ट डाक्टर रन्जित साहले बताए ।

नेपालमा हालसम्म ७५८ नमूना परीक्षण गरिएकोमा तीन जनामा मात्र संक्रमण भेटिएको छ । त्यसबाहेक ७५५ जनामा भाइरस नभएको देखिएको छ । ती संक्रमितमध्ये एक जना निको भइसकेका छन् भने एक युवती र एक युवकको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहको साहले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, १४ चैत्र शुक्रबार  १२ : २१ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा