२०८३, ३० भाद्र बुधबार

काभ्रेको महाभारतमा एउटा पनि छैन एम्बुलेन्स (कुन पालिकामा कति एम्बुलेन्स ?)

काभ्रेको महाभारतमा एउटा पनि छैन एम्बुलेन्स (कुन पालिकामा कति एम्बुलेन्स ?)


धुलिखेल, १४ चैतः कोरोना भाइरसको संक्रमित बढी हाले कहाँ र कसरी उपचार गर्ने भनेर अहिले काभ्रे जिल्लामा तयारी तीब्र पारिएको छ । तर जिल्लाका अति विकट डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिकामा भने अहिलेसम्म एउटा पनि एम्बुलेन्स नभएको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जिल्लाभित्र सञ्चालन भइरहेका एम्बुलेन्सहरुको सूची तयार पर्दा महाभारत गाउँपालिकामा एउटा पनि एम्बुलेन्स भेटिएन । पालिकाका प्रवक्ता रविन मोक्तानले पनि एम्बुलेन्स नरहेको पुष्टि गरे ।

काेराेना भाइरस रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि जिल्लामा प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाको संयोजकत्वमा कमाण्ड पोष्ट गठन गरिएको छ । तर महाभारत गाउँपालिकामा संक्रमित भेटियो भने कुन साधन मार्फत अस्पतालसम्म पुर्याउने भन्ने चिन्ता जनप्रतिनिधिलाई लागेको छ । ‘हामीले यसअघि पनि एम्बुलेन्स नहुदाँ धेरै समस्या झेल्दै आइरहेका छाँै, अब अहिले महामारीको रुप लिइरहेको कोरोना भाइरसले यदि कोहि बिरामी परिहाले लैजाने साधन छैन्, प्रवक्ता मोक्तानले भने ‘पालिकाको आन्तरिक स्रोत पनि बलियो छैन, कुनै संघसंस्थाबाट पनि सहयोग प्राप्त भएको छैन ।’

महाभारत जस्तै विकट खानीखोला गाउँपालिकामा एउटा एम्बुलेन्स रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख, डाक्टर नरेन्द्र कुमार झाले बताए । उनका अनुसार जिल्लाभित्र स्थानीय तह, अस्पताल, विभिन्न संघ संस्थाहरु मार्फत संचालन भएका ३५ वटा एम्बुलेन्स छन् । तेमाल गाउँपालिका र नमोबुद्ध नगरपालिकामा पनि एउटामात्रै एम्बुलेन्स रहेको छ ।

सबैभन्दा बढी बनेपा नगरपालिकाभित्र ६ वटा एम्बुलेन्स सञ्चालनमा छन् । कोशीपारी क्षेत्रमा पर्ने चौरीदेउराली र भुम्लु गाउँपालिकामा ३/३ वटा एम्बुलेन्स सञ्चालनमा छन् । रोशी र बेथानचोक गाउँपालिकामा २/२ वटा एम्बुलेन्स छन् । पनौती र मण्डनदेउपुर नगरापलिकामा ३/३ वटा एम्बुलेन्स छन् भने पाँचखाल नगरपालिकामा ४ वटा एम्बुलेन्स रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रे प्रमुख डाक्टार झाले बताए ।

प्रकाशित मिति : २०७६, १४ चैत्र शुक्रबार  १२ : ३३ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक