२०८२, ८ पुस मंगलबार

काभ्रेको महाभारतमा एउटा पनि छैन एम्बुलेन्स (कुन पालिकामा कति एम्बुलेन्स ?)

काभ्रेको महाभारतमा एउटा पनि छैन एम्बुलेन्स (कुन पालिकामा कति एम्बुलेन्स ?)


धुलिखेल, १४ चैतः कोरोना भाइरसको संक्रमित बढी हाले कहाँ र कसरी उपचार गर्ने भनेर अहिले काभ्रे जिल्लामा तयारी तीब्र पारिएको छ । तर जिल्लाका अति विकट डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिकामा भने अहिलेसम्म एउटा पनि एम्बुलेन्स नभएको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जिल्लाभित्र सञ्चालन भइरहेका एम्बुलेन्सहरुको सूची तयार पर्दा महाभारत गाउँपालिकामा एउटा पनि एम्बुलेन्स भेटिएन । पालिकाका प्रवक्ता रविन मोक्तानले पनि एम्बुलेन्स नरहेको पुष्टि गरे ।

काेराेना भाइरस रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि जिल्लामा प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाको संयोजकत्वमा कमाण्ड पोष्ट गठन गरिएको छ । तर महाभारत गाउँपालिकामा संक्रमित भेटियो भने कुन साधन मार्फत अस्पतालसम्म पुर्याउने भन्ने चिन्ता जनप्रतिनिधिलाई लागेको छ । ‘हामीले यसअघि पनि एम्बुलेन्स नहुदाँ धेरै समस्या झेल्दै आइरहेका छाँै, अब अहिले महामारीको रुप लिइरहेको कोरोना भाइरसले यदि कोहि बिरामी परिहाले लैजाने साधन छैन्, प्रवक्ता मोक्तानले भने ‘पालिकाको आन्तरिक स्रोत पनि बलियो छैन, कुनै संघसंस्थाबाट पनि सहयोग प्राप्त भएको छैन ।’

महाभारत जस्तै विकट खानीखोला गाउँपालिकामा एउटा एम्बुलेन्स रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख, डाक्टर नरेन्द्र कुमार झाले बताए । उनका अनुसार जिल्लाभित्र स्थानीय तह, अस्पताल, विभिन्न संघ संस्थाहरु मार्फत संचालन भएका ३५ वटा एम्बुलेन्स छन् । तेमाल गाउँपालिका र नमोबुद्ध नगरपालिकामा पनि एउटामात्रै एम्बुलेन्स रहेको छ ।

सबैभन्दा बढी बनेपा नगरपालिकाभित्र ६ वटा एम्बुलेन्स सञ्चालनमा छन् । कोशीपारी क्षेत्रमा पर्ने चौरीदेउराली र भुम्लु गाउँपालिकामा ३/३ वटा एम्बुलेन्स सञ्चालनमा छन् । रोशी र बेथानचोक गाउँपालिकामा २/२ वटा एम्बुलेन्स छन् । पनौती र मण्डनदेउपुर नगरापलिकामा ३/३ वटा एम्बुलेन्स छन् भने पाँचखाल नगरपालिकामा ४ वटा एम्बुलेन्स रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रे प्रमुख डाक्टार झाले बताए ।

प्रकाशित मिति : २०७६, १४ चैत्र शुक्रबार  १२ : ३३ बजे

नागरिक सुरक्षा र लोकतन्त्र रक्षाका लागि कोशीमा एमाले सडकमा

विराटनगर। असंवैधानिक र प्रतिशोधपूर्ण सरकारको दमनकारी कदमविरुद्ध नेकपा (एमाले) कोशी

के भयो रवि लामिछाने र बालेन साहबीच ६ घण्टा लामो वार्तामा ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ

मधेस प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामआशीष यादवले आज पदभार

संविधानको दायरामै सेना : जंगीअड्डाको ६ बुँदे स्पष्टिकरण

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको