२०८३, ९ कार्तिक सोमबार

प्रधानमन्त्री ओली अस्पताल भर्ना

प्रधानमन्त्री ओली अस्पताल भर्ना


काठमाडौं, १४ चैतसः प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । बिहीबार रातिदेखि शरीरमा असहज महसुस भएकाले प्रधानमन्त्रीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको स्रोतले बतायो ।

प्रधानमन्त्रीको मुटुको चालमा केही तलमाथि देखिएको भए पनि अहिले बिहानसम्म स्थिति सामान्य बनिसकेको स्रोतले बताएको छ ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम गर्नुपर्ने भएता पनि धेरै धपेडी गरेपछि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएको स्रोतको भनाइ छ । दुई दिन अघि बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले करिब ४ घण्टा बिताएका थिए ।

२१ फागुनमा प्रधानमन्त्री ओलीको शरीरमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रकाशित मिति : २०७६, १४ चैत्र शुक्रबार  ९ : ०४ बजे

भूमिहीन र सहकारी पीडितको समस्या टुंग्याउने सरकारको दाबी : मन्त्री रावल

चितवन । भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउने र सहकारीमा बचत

नवदुर्गा जात्रालाई प्रदेश सरकारको एक लाख, राष्ट्रपतिद्वारा दर्शन

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाका अवसरमा भक्तपुरस्थित ऐतिहासिक

‘इतिहास, संस्कृति र पहिचान मेटाएर नेपाल बन्दैन’ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको मौलिक

एनपीएलले नेपालको अन्तर्राष्ट्रिय पहिचान निर्माणमा योगदान पुर्‍याउने : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलकुद मनोरञ्जनमा

विद्यार्थी जागेपछि सिंहासन हल्लिन्छ, इतिहास बदलिन्छ !

इतिहास सधैँ सत्तामा बस्नेहरूले मात्रै लेख्दैनन्। इतिहासको दिशा बदल्ने शक्ति