२०८३, २१ आश्विन बिहीबार

जसले दिए स्वास्थ्य केन्द्रलाई औषधि किन्न १० हजार

जसले दिए स्वास्थ्य केन्द्रलाई औषधि किन्न १० हजार


धुलिखेल, १३ चैतः नमोबुद्ध नगरपालिका वडा नम्बर २ का गोविन्द घिमिरेले आफ्नै वडामा रहेको शहरी स्वास्थ्य केन्द्रलाई नगद १० हजार रुपैयाँ सहयोग गरेका छन् । दिउँसो स्वास्थ्य केन्द्रमा पुगेका घिमिरेले औषधि खरिदका लागि १० हजार रुपैयाँ सहयोग गरेको वडाध्यक्ष सञ्जिव ढकालले जानकारी दिए ।

यसअघि घिमिरेले स्वास्थ्य केन्द्रमा कार्यरत प्राबिधिक कर्मचारीलाई प्रोत्साहन रकम स्वरुप नगद ३० हजार रुपयाँ सहयोग गरेका थिए । उनी एक किसान हुन् । उनले सोहि वडामा पात्लेगाउँ आर्गेनिक फर्म सञ्चालन गर्दै आइरहेका छन् ।

महामारीका बेला स्वास्थ्य संस्थामा औषधिको अभाव हुन नहुने भन्दै आफुले औषधि खरिदका लागि थोरै सहयोग गरेको घिमिरेले टेलिफोनमा बताए । ‘स्वास्थ्य केन्द्रमा पुग्दा मान्छेको भिड् र औषधि अभाव देखेँ, उनले भने ‘त्यहि भएर औषधि खरिदका लागि थोरै सहयोग गरेको हुँ, हामीले जहाँबाट जति सक्छौँ, यो बेला सहयोग गर्दा राम्रो हुन्छ ।’

प्रकाशित मिति : २०७६, १३ चैत्र बिहीबार  ४ : १६ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी