२०८३, १२ कार्तिक बिहीबार

जसले दिए स्वास्थ्य केन्द्रलाई औषधि किन्न १० हजार

जसले दिए स्वास्थ्य केन्द्रलाई औषधि किन्न १० हजार


धुलिखेल, १३ चैतः नमोबुद्ध नगरपालिका वडा नम्बर २ का गोविन्द घिमिरेले आफ्नै वडामा रहेको शहरी स्वास्थ्य केन्द्रलाई नगद १० हजार रुपैयाँ सहयोग गरेका छन् । दिउँसो स्वास्थ्य केन्द्रमा पुगेका घिमिरेले औषधि खरिदका लागि १० हजार रुपैयाँ सहयोग गरेको वडाध्यक्ष सञ्जिव ढकालले जानकारी दिए ।

यसअघि घिमिरेले स्वास्थ्य केन्द्रमा कार्यरत प्राबिधिक कर्मचारीलाई प्रोत्साहन रकम स्वरुप नगद ३० हजार रुपयाँ सहयोग गरेका थिए । उनी एक किसान हुन् । उनले सोहि वडामा पात्लेगाउँ आर्गेनिक फर्म सञ्चालन गर्दै आइरहेका छन् ।

महामारीका बेला स्वास्थ्य संस्थामा औषधिको अभाव हुन नहुने भन्दै आफुले औषधि खरिदका लागि थोरै सहयोग गरेको घिमिरेले टेलिफोनमा बताए । ‘स्वास्थ्य केन्द्रमा पुग्दा मान्छेको भिड् र औषधि अभाव देखेँ, उनले भने ‘त्यहि भएर औषधि खरिदका लागि थोरै सहयोग गरेको हुँ, हामीले जहाँबाट जति सक्छौँ, यो बेला सहयोग गर्दा राम्रो हुन्छ ।’

प्रकाशित मिति : २०७६, १३ चैत्र बिहीबार  ४ : १६ बजे

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल

एनपीएल : कर्णालीले टस जित्यो, विराटनगरलाई ब्याटिङ

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली