२०८३, २९ भाद्र मंगलबार

अरनिको र बीपी राजमार्गमा लकडाउन कार्यान्वयन गर्न प्रहरी तैनाथ

अरनिको र बीपी राजमार्गमा लकडाउन कार्यान्वयन गर्न प्रहरी तैनाथ


धुलिखेल, १३ चैतः जिल्ला प्रशासन कार्यालय काभ्रले लकडाउनको तेस्रो दिन दुई राजमार्गमा थप कडाई गरेको छ । अरनिको र बीपी राजमार्गमा बिहानै देखि थप सुरक्षा कर्मी परिचालित छन् । राजमार्गमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सरकारले घोषण गरेको लकडाउन उल्लंघन गरी सवारी चलाउनेलाई कारबाही गर्ने गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले राजमार्ग केन्द्रित गस्ती बढाएको छ । चेक पोइन्टहरुलाई पनि थप कडाइ गर्न निर्देशन दिइएको छ । प्रहरीले बुधबार सरकारको निर्णय उल्लंघन गर्ने १७१ वटा मोटरसाइकल, ३ वटा मिनिट्रक, १२ वटा स्कुटर, ४ वटा कार, १ वटा स्कर्पियो, ४ वटा साइकल र दुई मानिसलाई कारबाही गरेको थियो ।

एम्बुलेन्स, खाद्यन्न, तरकारी, दूध, पानी बोक्ने जस्ता अत्यावश्य सवारी साधन बाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले काभ्रेले जनाएको छ ।

प्रकाशित मिति : २०७६, १३ चैत्र बिहीबार  ९ : २७ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक