२०८२, २९ पुस मंगलबार

चौरीदेउराली गाउँपालिकाले भन्योः ‘विदेशबाट आएर सेल्फ क्वारेन्टाइनमा बस्न नमानेकालाई प्रहरीमा खबर गर्नु’

चौरीदेउराली गाउँपालिकाले भन्योः ‘विदेशबाट आएर सेल्फ क्वारेन्टाइनमा बस्न नमानेकालाई प्रहरीमा खबर गर्नु’


धुलिखेल, १३ चैतः काभ्रेको कोशीपारी क्षेत्रमा पर्ने चौरीदेउराली गाउँपालिकाले विदेशबाट आएका हरेक नागरिकको उच्च निगरानी राख्न आफु मातहातका सबै निकायलाई कडा निर्देशन दिएको छ । बिहीबार पालिकाको आधिकारिक फेसबुक पेज मार्फत अध्यक्ष दिननाथ गौतमको नाममा जारी गरिएको सुचनामा कडा निर्देशन दिइएको हो ।

पालिका अध्यक्ष गौतमले विदेशी नागरिक र विदेशबाट काम गरि फर्केका हरेक नागरिकलाई आफ्नो विवरण सम्बन्धित वडा कार्यालयमा अनिवार्य बुझाउन निर्देशन दिएका छन् । अध्यक्ष गौतमले नेपाल आउने विदेशी पर्यटक, बैदेशिक रोजगारीबाट आएका, अध्ययन र अन्तर्राष्ट्रिय ब्यापार ब्यवसायमा संकल्न सबैको विवरण संकलन गर्न वडा कार्यालय देखि महिना स्वास्थ्य संयमसेविकालाई समेत निर्देशन दिएका हुन् ।

पालिका अध्यक्ष गौतमले त्यस्ता ब्यक्तिहरु सेल्फ क्वारेन्टाइनमा बसे वा नबसेको पत्ता लगाउन पनि भनेका छन् । उनले सेल्फ क्वारेन्टाइनमा बस्न नमाने गाउँपालिका र सुरक्षा निकयमा तत्काल खबर गर्न पनि सबैलाई आग्रह गरेका छन् । वडाध्यक्ष र सदस्यहरुलाई नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले गरेका निर्णय र निर्देशन आ–आफ्नो वडामा कडाईका साथ लागु गर्न पनि पालिका अध्यक्षले आग्रह गरेका छन् ।

पालिकाले धुसेनी शिवलय अस्पतालमा हेल्थ डेस्क स्थापना गरेको छ ।

प्रकाशित मिति : २०७६, १३ चैत्र बिहीबार  ८ : २४ बजे

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता

“बागबजारको होडिङ बोर्ड” सपना र संघर्ष

धेरैपछि काठमाडौँ आएको छु,अन्तर्राष्ट्रिय विमानस्थलबाट झर्दा पहिलो सासमै केही फरक

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका