२०८३, ३० भाद्र बुधबार

चौरीदेउराली गाउँपालिकाले भन्योः ‘विदेशबाट आएर सेल्फ क्वारेन्टाइनमा बस्न नमानेकालाई प्रहरीमा खबर गर्नु’

चौरीदेउराली गाउँपालिकाले भन्योः ‘विदेशबाट आएर सेल्फ क्वारेन्टाइनमा बस्न नमानेकालाई प्रहरीमा खबर गर्नु’


धुलिखेल, १३ चैतः काभ्रेको कोशीपारी क्षेत्रमा पर्ने चौरीदेउराली गाउँपालिकाले विदेशबाट आएका हरेक नागरिकको उच्च निगरानी राख्न आफु मातहातका सबै निकायलाई कडा निर्देशन दिएको छ । बिहीबार पालिकाको आधिकारिक फेसबुक पेज मार्फत अध्यक्ष दिननाथ गौतमको नाममा जारी गरिएको सुचनामा कडा निर्देशन दिइएको हो ।

पालिका अध्यक्ष गौतमले विदेशी नागरिक र विदेशबाट काम गरि फर्केका हरेक नागरिकलाई आफ्नो विवरण सम्बन्धित वडा कार्यालयमा अनिवार्य बुझाउन निर्देशन दिएका छन् । अध्यक्ष गौतमले नेपाल आउने विदेशी पर्यटक, बैदेशिक रोजगारीबाट आएका, अध्ययन र अन्तर्राष्ट्रिय ब्यापार ब्यवसायमा संकल्न सबैको विवरण संकलन गर्न वडा कार्यालय देखि महिना स्वास्थ्य संयमसेविकालाई समेत निर्देशन दिएका हुन् ।

पालिका अध्यक्ष गौतमले त्यस्ता ब्यक्तिहरु सेल्फ क्वारेन्टाइनमा बसे वा नबसेको पत्ता लगाउन पनि भनेका छन् । उनले सेल्फ क्वारेन्टाइनमा बस्न नमाने गाउँपालिका र सुरक्षा निकयमा तत्काल खबर गर्न पनि सबैलाई आग्रह गरेका छन् । वडाध्यक्ष र सदस्यहरुलाई नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले गरेका निर्णय र निर्देशन आ–आफ्नो वडामा कडाईका साथ लागु गर्न पनि पालिका अध्यक्षले आग्रह गरेका छन् ।

पालिकाले धुसेनी शिवलय अस्पतालमा हेल्थ डेस्क स्थापना गरेको छ ।

प्रकाशित मिति : २०७६, १३ चैत्र बिहीबार  ८ : २४ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक