२०८२, ९ कार्तिक शनिबार

काभ्रेका ८ स्थानीय तहका १३ हजार बालबालिकाले लगाए दादुरा-रुबेला विरुद्धको खोप

काभ्रेका ८ स्थानीय तहका १३ हजार बालबालिकाले लगाए दादुरा-रुबेला विरुद्धको खोप


धुलिखेल, १२ चैतः काभ्रेका १३ हजार बालबालिकाले दादुरा-रुबेला विरुद्धको खोप पाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जिल्लाको ८ वटा स्थानीय तहमा चैत २ गतेदेखि १० गतेसम्म पहिलो चरणको दादुरा–रुबेला विरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको थियो । ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकाका लागि दादुरा–रुबेला खोप लगाएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख डाक्टर नरेन्द्र कुमार झाका अनुसार आठ स्थानीय तहको १३ हजार ६ सय ३ जना बालबालिकाले खोप लिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले भुम्लु, चौरीदेउराली, तेमाल, रोशी गाउँपालिका र मण्डनदेउपुर, धुलिखेल, पाँचखाल र नमोबुद्ध नगरपालिकामा पहिलो चरणको खोप कार्यक्रम सञ्चालन गरेको थियो ।

आठ स्थानीय तहका लागि १८ हजार ५ सय ९३ जना बालबालिकालाई खोप लगाउनुपर्ने लक्ष्य थियो । नगरपालिका तर्फ मण्डन देउपुरमा सबैभन्दा बढी ९२.४६ प्रतिशत बालबालिकाले खोप पाएका छन् । त्यस्तै गाउँपालिका तर्फ सबैभन्दा बढी भुम्लु गाउँपालिकाका ७० प्रतिशत बालबालिकाले खोप लगाएका छन् ।

दुबै चरणमा गरी जिल्लाका ३१ हजार ७ सय ९२ जना बालबालिकाले खोप लगाउने छन् ।

प्रकाशित मिति : २०७६, १२ चैत्र बुधबार  १ : ४७ बजे

विश्वकप लिग–२ को पहिलो खेलमा नेपाल अमेरिकासँग भिड्दै

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई शृङ्खलाको पहिलो

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी

कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनैपनि मौसम

आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय–खाय’ मनाइँदै

जनकपुरधाम । सूर्यदेवको आराधना र सन्तानको कल्याणको कामनासहित मनाइने चारदिने