२०८२, २२ जेष्ठ बिहीबार

धुलिखेल अस्पतालमा अझै आइपुगेन कोरोना परीक्षण गर्न किट र उपकरण

धुलिखेल अस्पतालमा अझै आइपुगेन कोरोना परीक्षण गर्न किट र उपकरण


धुलिखेल, १२ चैतः सरकारले धुलिखेल अस्पतालमा कोरोना परीक्षण हुने बताएपनि किट र उपकरण भने अहिलेसम्म नदिएको पाइएको छ । सरकारले कोरोनाको परीक्षणका लागि धुलिखेल अस्पताल, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीर अस्पताललाई अनुमति दिएको थियो ।

तर धुलिखेल अस्पतालमा भने परीक्षण किट, चिकित्सकहरुको ब्यक्तिगत सुरक्षाका लागि चाहि पर्सनल प्रोटेक्टिप इक्युपमेन्ट (लुगा) अहिलेसम्म नपाएको अस्पतालका प्रवक्ता डा. सुमन श्रेष्ठले जानकारी दिए । उपकरण नहुदाँ अहिलेसम्म कसैको पनि परीक्षण भएको छैन । तर शंका लागेर आउने विरामीहरुको नमुना संलन गरेर टेकु अस्पताल पठाउने गरेको प्रवक्ता श्रेष्ठ बताए । ‘सरकारले परीक्षण केन्द्र तोकेकाे मात्रै छ, प्रवक्ता श्रेष्ठले भने ‘तर अहिलेसम्म कुनै किसिमको उपकरण पाएका छैनौँ ।’

करिब ३ सय ५० बेड क्षमताको धुलिखेल अस्पतालले ८ बेडको आइसोलेसन कक्ष तयारी अवस्थामा राखेको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखा परेका बिरामीलाई यहि कक्षमा राख्ने गरिएको छ । फ्रान्सबाट दोहा ट्राञ्जिट भएर चैत्र ४ गते काठमाडौ ओर्लिएका बनेपा र धुलिखेलका दुई युवा चिकित्सकको सम्पर्कमा आएका छन् । नगरपालिका वडा नम्बर २ का र धुलिखेल नगरपालिका वडा नम्बर ९ का यात्रु चिकित्सकको सम्पर्कमा आएका हुन् । एउटै जहाजमा कतार हुँदै चैत ४ गते फ्रान्सबाट काठमाडौं आएकी ९ वर्षे नेपाली विद्यार्थीमा कोरोना भाइरसको पोजेटिभ लक्षण देखिएको पुष्टि भएकाे छ ।

यसले जनमानसमा थप त्रास पैदा गरेको छ । जिल्लामा ठूला दुई अस्पताल छन् । तर उनीहरु पर्याप्त उपकरणको अभावमा उपचार गर्न सक्षम देखिएका छैनन् । तत्काल सरकारले उपचारमा संलग्न चिकित्सकहरुका लागि पर्सनल प्रोटेक्टिप इक्युपमेन्ट (लुगा) को ब्यवस्था गर्न उनीहरुले आग्रह गरेका छन् । ‘हामीले अहिले जे गरिरहेका छौँ, त्यो सबै विश्व स्वास्थ्य संगठनको मापदण्ड र परिधिभित्रै रहेर गरिहेका छाैँ, धुलिखेल अस्पतालका प्रवक्ता डा. सुमन श्रेष्ठले भने ‘तर टिक र उपकरण छिटो ब्यवस्था गर्न जरुरी छ ।’

प्रकाशित मिति : २०७६, १२ चैत्र बुधबार  १० : ०८ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक