२०८३, १९ श्रावण बुधबार

धुलिखेल अस्पतालमा अझै आइपुगेन कोरोना परीक्षण गर्न किट र उपकरण

धुलिखेल अस्पतालमा अझै आइपुगेन कोरोना परीक्षण गर्न किट र उपकरण


धुलिखेल, १२ चैतः सरकारले धुलिखेल अस्पतालमा कोरोना परीक्षण हुने बताएपनि किट र उपकरण भने अहिलेसम्म नदिएको पाइएको छ । सरकारले कोरोनाको परीक्षणका लागि धुलिखेल अस्पताल, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीर अस्पताललाई अनुमति दिएको थियो ।

तर धुलिखेल अस्पतालमा भने परीक्षण किट, चिकित्सकहरुको ब्यक्तिगत सुरक्षाका लागि चाहि पर्सनल प्रोटेक्टिप इक्युपमेन्ट (लुगा) अहिलेसम्म नपाएको अस्पतालका प्रवक्ता डा. सुमन श्रेष्ठले जानकारी दिए । उपकरण नहुदाँ अहिलेसम्म कसैको पनि परीक्षण भएको छैन । तर शंका लागेर आउने विरामीहरुको नमुना संलन गरेर टेकु अस्पताल पठाउने गरेको प्रवक्ता श्रेष्ठ बताए । ‘सरकारले परीक्षण केन्द्र तोकेकाे मात्रै छ, प्रवक्ता श्रेष्ठले भने ‘तर अहिलेसम्म कुनै किसिमको उपकरण पाएका छैनौँ ।’

करिब ३ सय ५० बेड क्षमताको धुलिखेल अस्पतालले ८ बेडको आइसोलेसन कक्ष तयारी अवस्थामा राखेको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखा परेका बिरामीलाई यहि कक्षमा राख्ने गरिएको छ । फ्रान्सबाट दोहा ट्राञ्जिट भएर चैत्र ४ गते काठमाडौ ओर्लिएका बनेपा र धुलिखेलका दुई युवा चिकित्सकको सम्पर्कमा आएका छन् । नगरपालिका वडा नम्बर २ का र धुलिखेल नगरपालिका वडा नम्बर ९ का यात्रु चिकित्सकको सम्पर्कमा आएका हुन् । एउटै जहाजमा कतार हुँदै चैत ४ गते फ्रान्सबाट काठमाडौं आएकी ९ वर्षे नेपाली विद्यार्थीमा कोरोना भाइरसको पोजेटिभ लक्षण देखिएको पुष्टि भएकाे छ ।

यसले जनमानसमा थप त्रास पैदा गरेको छ । जिल्लामा ठूला दुई अस्पताल छन् । तर उनीहरु पर्याप्त उपकरणको अभावमा उपचार गर्न सक्षम देखिएका छैनन् । तत्काल सरकारले उपचारमा संलग्न चिकित्सकहरुका लागि पर्सनल प्रोटेक्टिप इक्युपमेन्ट (लुगा) को ब्यवस्था गर्न उनीहरुले आग्रह गरेका छन् । ‘हामीले अहिले जे गरिरहेका छौँ, त्यो सबै विश्व स्वास्थ्य संगठनको मापदण्ड र परिधिभित्रै रहेर गरिहेका छाैँ, धुलिखेल अस्पतालका प्रवक्ता डा. सुमन श्रेष्ठले भने ‘तर टिक र उपकरण छिटो ब्यवस्था गर्न जरुरी छ ।’

प्रकाशित मिति : २०७६, १२ चैत्र बुधबार  १० : ०८ बजे

रेडक्रसका ६२ जिल्ला शाखालाई २१ दिनभित्र बक्यौता बुझाउन निर्देशन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले ६२ वटा जिल्ला

ओलीको आग्रहपछि पनि हिक्मत कार्कीको अडान कायम, आज फेरि निर्णायक छलफल

विराटनगर । नेकपा (एमाले) भित्र कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तनको विषयमा

अर्थमन्त्री स्वर्णिम वाग्लेले आज राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका

आज यी क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहँदा बुधबार केही प्रदेशका

नसर्ने रोगको जोखिम रोक्न सूर्यविनायक र बेथानचोकको सहकार्य – औषधिभन्दा चेतना ठूलो : संयोजक रविन्द्र सापकोटा

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका र काभ्रेको बथानचोक गाउँपालिकाको स्वास्थ्यकर्मीलाई