धुलिखेल, ११ चैत पाँचखालमा ५ बेड आइसोलेसन र ६ बेड क्वारेन्टाइन कक्ष तयार गरेको छ । पालिकाले पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र दुलाथोकमा ५ बेडको आइसोलेसन कक्ष तयार भएको नगरप्रमुख महेश खरेलले जानकारी दिए ।
त्यस्तै पालिकाले समाज कल्याण माबिमा ६ बेडको क्वारेन्टाइन कक्ष स्थापना गरेको छ । पाँचखाल नगरपालिकाभित्र स्वः घोषित कर्फ्यु कार्यान्वयनमा आएको छ । बजार पूर्ण बन्द भएको छ । नगरपालिकाले आफ्नो नागरिक घरभित्रै बसी बस्ने आग्रह गरेको छ ।
नगरपालिकाले भिडभाड हुने चिया पसल, धेरै कामदार भएका उद्योग, व्यवसाय, सहकारी संस्था बन्द गर्न आग्रह गरेकाे छ ।








प्रतिक्रिया