२०८२, १६ चैत्र मंगलबार

भियतनामीसँगै यात्रा गरेकी नेपाली युवतीबाट नेपाल भित्रियो कोरोना भाइसर

भियतनामीसँगै यात्रा गरेकी नेपाली युवतीबाट नेपाल भित्रियो कोरोना भाइसर


काठमाडौं, १० चैत । फ्रान्सबाट कतारको दोहा ट्रान्जिसम्म भियतनामी साथीसँगै यात्रा गरी काठमाडौं आइपुगेकी १९ वर्षीया नेपाली युवतीबाट कोभिड १९, कोरोना भाइरस नेपाल भित्रिएको छ । ती युवती गत चैत ४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी थिइन् ।

उनको विमानस्थलको हेल्थ डेस्कमा उनको ज्वरो नापिएको थियो । कोरोना भाइरससँग मिल्ने स्तरको ज्वरो नभएपछि उनी घर पुगेकी थिइन् । ‘दुई दिनपछि बिहीबार उनलाई अप्रत्याशित खबर आयो, ‘फ्रान्सबाट कतारसम्म सँगै आएकी भियतनामकी साथीलाई कोरोना संक्रमण पुष्टि भयो ।’
साथीलाई कोरोना संक्रमण भएको खबरले उनी डराइन् । लगत्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा सम्पर्क गरिन् र भोलिपल्ट शुक्रबार अस्पताल पुगिन् । अस्पताल पुग्दा उनलाई रुघाखोकी र ज्वरो आएको थियो । चिकित्सकले उनलाई अस्पतालको आइसोलेटेड बेडमा बस्न आग्रह गरे, तर स्वाबको नमुना दिएर घर फर्किइन् । आइतबार राति उनको रिपोर्ट पोजेटिभ आयो ।

भियतनामी साथीलाई जस्तै उनलाई पनि कोरोना भाइरसको संक्रमण भएको रहेछ । राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला, टेकुले स्वास्थ्य मन्त्रालय र टेकु अस्पताललाई उनी कोरोना संक्रमित भएको जानकारी गराउँदा रातको साढे १० बजेको थियो । लगत्तै अस्पतालले उनलाई सम्पर्क गरी अस्पताल भर्ना गरेर उनलाई आइसोलेसन वार्डमा राखिएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक सागरराज भण्डारीका अनुसार उनका परिवार मेडिकल पृष्ठभूमिका भएका कारण सचेत थिए । संक्रमण फैलिएको देशबाट आएको हुनाले उनलाई होम क्वारेन्टाइनमा राखिएको थियो । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि परिवारका सदस्यहरुको पनि नमुना संकलन गर्ने तयारी भइरहेको छ ।

तर संक्रमित युवती नेपाल आएको ६ दिन भइसकेको छ । यो अवधिमा उनले क–कसलाई भेटिन् भन्ने पहिचान भइसकेको छैन ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल भन्छन् ‘होम क्वारेन्टाइनमा रहँदा सम्पर्कमा रहनुभएकाहरुलाई परीक्षण गर्ने र आइसोलेसनमा राख्ने काम अगाडि बढाइएको छ । सँगै आएका र उहाँसँग सम्पर्कमा रहेका व्यक्तिहरुबारे पनि खोजी गरी उपचारको दायराभित्र ल्याउने काम भइरहेको छ ।’

प्रकाशित मिति : २०७६, १० चैत्र सोमबार  ४ : ४६ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा