२०८२, १६ चैत्र मंगलबार

काठमाडौंमा कोरोना संक्रमित युवतीले भेटिएकाको खोजी गरिंदै, सबैलाई क्वारेन्टाइनमा राख्छौंः मन्त्री ढकाल

काठमाडौंमा कोरोना संक्रमित युवतीले भेटिएकाको खोजी गरिंदै, सबैलाई क्वारेन्टाइनमा राख्छौंः मन्त्री ढकाल


काठमाडौं, १० चैत । फ्रान्सबाट आएकी नेपाली युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि सरकारले उनको सम्पर्कमा आएकाहरुको खोजी गर्न थालेको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले काठमाडौं निवासी ती १९ वर्षीया युवतीको सम्पर्कमा आएजति सबैको खोजी थालिएको जनाएका छन् । सोमबार मन्त्रालयमै गरिएको पत्रकार सम्मेलनमा मन्त्री ढकालले भने, ‘उनको परिवारलाई सरकारको निगरानीमा होम क्वारेन्टाइनमै राखिसकिएको छ ।’ फ्रान्सबाट कतार हुँदै काठमाडौं आउने क्रममा उनी सवार जहाजका यात्रुको पनि खोजी भइरहेको मन्त्री ढकालले जानकारी दिएका छन् ।

‘उक्त जहाजमा सवार अन्य यात्रुको अवस्थाबारे पनि खोजी गरिरहेका छौँ’, उनले भने, ‘अहिलेलाई उक्त जहाजबारे नखुलाऊँ, युवतीको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा लान्छौँ ।’ स्वास्थ्य मन्त्री ढकालकाअनुसार फ्रान्समा अध्ययन गर्दै गरेकी ती युवती काठमाडौंकै बासिन्दा भएकाले उनी बसेको क्षेत्रका मानिससँग सरकारद्वारा सोधखोज थालिएको छ ।

प्रकाशित मिति : २०७६, १० चैत्र सोमबार  २ : १८ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा