२०८३, १८ बैशाख शनिबार

फ्रान्सबाट कतार हुँदै काठमाडौं आएका नेपाली नागरिकमा भेटियो कोरोना

फ्रान्सबाट कतार हुँदै काठमाडौं आएका नेपाली नागरिकमा भेटियो कोरोना


काठमाडौं, १० चैत । कोभिड १९, कोरोना भाइरसबाट जोगिन सरकारले सजगता अपनाइरहेका बेला संघीय राजधानी काठमाडौंमा यसबाट संक्रमित भएका विरामी भेटिएका छन् । फ्रान्सबाट काठमाडौं आएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज सोमबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति काठमाडौंमा फेला परेको जानकारी दिएका छन् ।

कोरोना संक्रमित विरामी कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएका थिए । त्यसबेला उनमा कोरोनाको कुनै लक्षण देखिएको थिएन र उनी होम क्वारेन्टाइनमा बसेका थिए । उनको स्वास्थ्य परीक्षणका क्रममा हिजो आइतबार कोरोना संक्रमण भएको पुष्टि भएको छ । १९ वर्षका उनको अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

स्वास्थ्यमन्त्री ढकालले महाव्याधीको यो समयमा धैर्य नगुमाउन र सावधानी अपनाएर विस्तारित हुन नदिई सहयोग गर्न सबैलाई अपील गरेका छन् । यसअघि चीनबाट आएका एक जना नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । तर, उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् । पर्सा वीरगन्जका व्यापारी शिवकुमार रुङ्गटामा कोरोना संक्रमण भई भारतको पटनामा उपचाररत रहेको भनिएकोमा उनको रिपोर्ट भने निगेटिभ आएको छ । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै अन्तर्राष्ट्रिय नाका बन्द गराएको छ भने अन्तर्राष्ट्रिय उडानसमेत बन्द गरेको छ । सरकारले आजैबाट देशभित्र चल्ने लामो दुरीका सार्वजनिक यातायातमा पनि रोक लगाइएको छ ।

प्रकाशित मिति : २०७६, १० चैत्र सोमबार  १ : ३० बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा