धुलिखेल, १० चैतः ब्यवसायी राजेश सुन्दर सैजुले पनौतीमा रहेको आफ्नो घर कोरोनाका बिरामी राख्नका लागि उपलब्ध गराउने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पनाैतीमा रहेकाे ८ काेठाकाे घर क्वारेन्टाइनका लागि दिने घोषणा गरेका हुन् ।
काभ्रे मिनी बस सेवा समिति र रोशी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रहेका सैजुले पनौतीको ढलमलेमा रहेको ८ कोठाको तीन तल्ले घर पूरै क्वारेन्टाइनका लागि दिने बताएका छन् । घरको तल्लै पिच्छे शैचालय रहेको उनले बताए । यो विपत्तिको बेला जसले, जति सक्छ, त्यसले त्यति नै सहयोग गरेको राम्रो, टेलिफोन सम्पर्कमा उनले भने ‘हामी रहे पैसा भनेको जति पनि कमाउन सकिन्छ ।’
प्रतिक्रिया