२०८३, ३० भाद्र बुधबार

धुलिखेलकाे सञ्जिवनी माविमा ५० बेडको क्वारेन्टाइन तयार

धुलिखेलकाे सञ्जिवनी माविमा ५० बेडको क्वारेन्टाइन तयार


धुलिखेल, १० चैतः धुलिखेल नगरपालिकाले काेराेना भाइरसका संक्रमित राख्न  धुलिखेलको सञ्जिवनी माध्यामिक विद्यालयमा ५० वेडको क्वारेन्टाइन कक्ष तयार गरेको छ । जिल्ला प्रशासन कार्यालय, नेपाली सेना र जिल्ला स्वास्थ्य कार्यालयको सहयोगमा नगरपालिकाले क्वारेन्टाइन तयार गरेको हो ।

आइतबार नगरपालिकामा बसेको बैठकले धुलिखेल नगरपालिकाभित्र रहेका होटल र विद्यालय भवन क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने समेत निर्णय गरेको थियो । सोहि निर्णय अनुसार सञ्जिवनी माध्यामिक विद्यालयमा क्वारेन्टाइन तयार गरिएको नगर प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले जानकारी दिए ।

बैठकले त्यस्तै चोक–चोकमा मानिसहरुको भिडभाड हुन नदिन नेपाल प्रहरी, नगरप्रहरी, जनप्रतिनिधिलाई आग्रह गर्ने समेत निर्णय गरेको थियो । बैठकले यातायात क्षेत्रमा भिडभाड नियन्त्रण गर्ने पनि निर्णय गरेको छ । त्यस्तै आपुर्ती ब्यवस्थालाई सहजीकरण गर्ने पनि निर्णय गरेको छ । नगरपालिकाले हटलाइन नम्बर समेत सुरु गरेको छ । कुनै संकट आइलागे १६६०११४९३२९ नम्बरमा खबर गर्न सकिने नगरप्रमुख ब्याञ्जुले बताए ।

 

 

प्रकाशित मिति : २०७६, १० चैत्र सोमबार  ११ : २६ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक