२०८२, ८ पुस मंगलबार

धुलिखेल नगरपालिकाको निर्णय : बजार बन्द गर्ने देखि होटल र विद्यालय भवन क्वारेन्टाइन बनाउनेसम्म

धुलिखेल नगरपालिकाको निर्णय : बजार बन्द गर्ने देखि होटल र विद्यालय भवन क्वारेन्टाइन बनाउनेसम्म


धुलिखेल, ९ चैतः काभ्रेको धुलिखेल नगरपालिकाले आकस्मिक बैठक बसेर अत्यावश्यक सामग्री बाहेकका पसल तथा बजार बन्द गर्न ब्यवसायीलाई अनुरोध गर्ने बताएको छ । बैठकले भाेलीदेखि खाद्य सामग्री, ग्यास पसल, स्वास्थ्य संस्था बाहेक अन्य पसल बन्द गर्न भनेकाे छ । आइतबार आकस्मिक बैठकले ९ बुदेँ निर्णय गर्दै नगरपालिकाले यस्तो निर्णय गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइटेलले निर्णय कार्यान्वयन नगरे बल प्रयाेग गर्नुपर्ने अवस्था समेत आउने बताए ।

बैठकले धुलिखेल नगरपालिकाभित्र रहेका होटल, विद्यालय भवन क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने समेत निर्णय गरेको छ । त्यस्तै चोक–चोकमा मानिसहरुको भिडभाड हुन नदिन नेपाल प्रहरी, नगरप्रहरी, जनप्रतिनिधिलाई आग्रह गर्ने समेत निर्णय गरेको नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले जानकारी दिए ।

बैठकले यातायात क्षेत्रमा भिडभाड नियन्त्रण गर्ने पनि निर्णय गरेको छ । त्यस्तै आपुर्ती ब्यवस्थालाई सहजीकरण गर्ने पनि निर्णय गरेको छ । नगरपालिकाले हटलाइन नम्बर समेत सुरु गरेको छ । कुनै संकट आइलागे १६६०११४९३२९ नम्बरमा खबर गर्न सकिने नगरप्रमुख ब्याञ्जुले बताए ।

प्रकाशित मिति : २०७६, ९ चैत्र आईतबार  ३ : ५४ बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय

नागरिक सुरक्षा र लोकतन्त्र रक्षाका लागि कोशीमा एमाले सडकमा

विराटनगर। असंवैधानिक र प्रतिशोधपूर्ण सरकारको दमनकारी कदमविरुद्ध नेकपा (एमाले) कोशी

के भयो रवि लामिछाने र बालेन साहबीच ६ घण्टा लामो वार्तामा ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ