२०८३, २१ आश्विन बिहीबार

धुलिखेल नगरपालिकाको निर्णय : बजार बन्द गर्ने देखि होटल र विद्यालय भवन क्वारेन्टाइन बनाउनेसम्म

धुलिखेल नगरपालिकाको निर्णय : बजार बन्द गर्ने देखि होटल र विद्यालय भवन क्वारेन्टाइन बनाउनेसम्म


धुलिखेल, ९ चैतः काभ्रेको धुलिखेल नगरपालिकाले आकस्मिक बैठक बसेर अत्यावश्यक सामग्री बाहेकका पसल तथा बजार बन्द गर्न ब्यवसायीलाई अनुरोध गर्ने बताएको छ । बैठकले भाेलीदेखि खाद्य सामग्री, ग्यास पसल, स्वास्थ्य संस्था बाहेक अन्य पसल बन्द गर्न भनेकाे छ । आइतबार आकस्मिक बैठकले ९ बुदेँ निर्णय गर्दै नगरपालिकाले यस्तो निर्णय गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइटेलले निर्णय कार्यान्वयन नगरे बल प्रयाेग गर्नुपर्ने अवस्था समेत आउने बताए ।

बैठकले धुलिखेल नगरपालिकाभित्र रहेका होटल, विद्यालय भवन क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने समेत निर्णय गरेको छ । त्यस्तै चोक–चोकमा मानिसहरुको भिडभाड हुन नदिन नेपाल प्रहरी, नगरप्रहरी, जनप्रतिनिधिलाई आग्रह गर्ने समेत निर्णय गरेको नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले जानकारी दिए ।

बैठकले यातायात क्षेत्रमा भिडभाड नियन्त्रण गर्ने पनि निर्णय गरेको छ । त्यस्तै आपुर्ती ब्यवस्थालाई सहजीकरण गर्ने पनि निर्णय गरेको छ । नगरपालिकाले हटलाइन नम्बर समेत सुरु गरेको छ । कुनै संकट आइलागे १६६०११४९३२९ नम्बरमा खबर गर्न सकिने नगरप्रमुख ब्याञ्जुले बताए ।

प्रकाशित मिति : २०७६, ९ चैत्र आईतबार  ३ : ५४ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी