२०८२, २९ पुस मंगलबार

धुलिखेलका होटल सबै सुनसान, कर्मचारीलाई बिदा

धुलिखेलका होटल सबै सुनसान, कर्मचारीलाई बिदा


धुलिखेल, ७ चैतः विश्व भर फैलिरहेको कोरोना भाइरसको त्राससँगै पर्यटकीय नगर धुलिखेलका अधिकांश होटल सुनसान भएका छन् । विदेशी पाहुनाले धानेका धुलिखेलका होटलहरु प्रायः खाली देखिन्छन् । २०७२ साल बैशाख १२ को भुकम्पपछि बल्लतल्ल तंग्रिएका काभ्रेका होटलहरु कोरोना भाइरसको चपेटामा परेका हुन् ।

अति विशिष्ट द्धारिकाज, विशिष्ट टिवी आई ग्रुपले सञ्चालन गरेको धुलिखेल माउण्टेन रिसोर्टमा पनि पाहुना छैनन् । त्यस्तै धुलिखेल लज रिसोर्ट, मिरावेल रिसोर्ट, हिमालय होराइजन, अरनिको रिसोर्ट लगायतका पुरानो तथा हाल नयाँ सञ्चालनमा आएका अधिकांश होटलहरुमा पाहुना नरहेको सञ्चालकहरुले बताएका छन् ।

पहुना नभएपछि धुलिखेलका अधिकांश होटलहरुले कर्मचारी कटौटी गरेका छन् । कतिपय होटलले एक महिनाको तबल सहित कर्मचारीलाई बिदा दिएको क्षेत्रिय होटल संघ काभ्रेका अध्यक्ष प्रेमकण्ठ माकाजु श्रेष्ठले जानकारी दिए । उनका अनुसार धुलिखेल सहित सिँगो काभ्रे जिल्लाकै होटल ब्यवसाय धरासयी बनेको छ । ‘होटलहरुमा पाहुना नै आउन छाडिसके, अब कर्मचारी राखेर मात्रै के गर्ने, उनले भने ‘त्यहि भएर कर्मचारी बिदा गरेका छौँ, परिस्थिति सामान्य बनेपछि फेरी बनाउछाँै ।’

काभ्रे जिल्लामा ५० वेड भन्दा माथिका १० वटा ठूला होटल सञ्चालनमा छन् । त्यस्तै ४० वटा मझौला रहेको क्षेत्रिय होटल संघ काभ्रेका अध्यक्ष श्रेष्ठले जानकारी दिए । ‘यो धुलिखेल र काभ्रे जिल्लाको मात्रै समस्या होइन्, उनले भने ‘हवाई उडान बन्द छ, राजधानी रित्तो हुन थालिसक्यो, सरकारले नै २५ जनाभन्दा बढीको भेला, सेमिनार, छलफल, गोष्ठी जस्ता कार्यक्रम नगर्न भनेपछि होटल ब्यवसाय त समस्यामा पर्ने नै भयो नी ।’

होटलसंघका अनुसार ७ अर्बभन्दा बढी जिल्लाका होटलहरुमा लगानी भइसकेका छन् । कम्तिमा साढे १ करोड देखि ५०÷६० करोडसम्मका लगानीका होटल रहेका छन् । जिल्लामा होटलको सुविधा सहितको पार्टी प्यालेस पनि उत्तिकै खुलेका छन् । ३ सयदेखि दुई हजार २५ सय जनासम्म अटाउने पार्टी प्यालेस जिल्लामा खुलेका छन् । तर कोरोना भाइरसको संक्रमण फैलने त्रास यी सबै लगभग बन्द जस्तै हुन थालेका छन् ।

प्रकाशित मिति : २०७६, ७ चैत्र शुक्रबार  ९ : ०३ बजे

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता

“बागबजारको होडिङ बोर्ड” सपना र संघर्ष

धेरैपछि काठमाडौँ आएको छु,अन्तर्राष्ट्रिय विमानस्थलबाट झर्दा पहिलो सासमै केही फरक

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका