२०८३, ३० भाद्र बुधबार

धुलिखेलका औषधि पसलमा नगरपालिकाको छड्के अनुगमन (भिडियाे सहित)

धुलिखेलका औषधि पसलमा नगरपालिकाको छड्के अनुगमन (भिडियाे सहित)


धुलिखेल, ६ फागुनः धुलिखेल नगरपालिकाको बजार अनुगमन समितिले पहिलो पटक औषधि पसल आकस्मिक अनुगमन गरेको छ । बिहीबार उपप्रमुख एवं अनुगमन समितिका संयोजक बिमला शर्माको टोलीले औषधि पसल अनुगमन गरेको हो ।

अनुगमन समितिले धुलिखेल अस्पताल क्षेत्र र बसपार्क क्षेत्र गरी ६ वटा औषधि अनुगमन गरेको नगरपालिकाका स्वास्थ्य संयोजक सन्दिप केसीले जानकारी दिए । अनुगमन टोलीमा जिल्ला स्थित सरोकारवाला निकायका प्रतिनिधि, नगरपालिकाको सामाजिक विकास समिति संयोजक विष्णु धिताल लगायत सहभागि भएका थिए । समितिले धुलिखेल अस्पताल क्षेत्रको अच्यूतम फार्मेसी, कालिञ्चोक मेडिकल हल, आरोग्य मेडिकल हल र भावना फार्मेसीको अनुगमन गरेको हो ।

त्यस्तै बसपार्क क्षेत्रको बिनायक फार्मेसी, प्रयण फार्मेसी र हरिसिद्धि मेडिकल हलमा अनुगमन गरेको छ । अनुगमन गर्दा कुनै पनि औषधि पसलमा मास्क र स्यानिटाइर पर्याप्त नभेटिएको स्वास्थ्य संयोजक केसीले बताए । कतिले मास्क तेब्बर मुल्य समेत लिएर बिक्री गरेको भेटेपछि त्यसो नगर्न समितिले चेतावनी दिएको छ ।

अहिलेको अनुगमनमा भेटिएको गल्ती अर्को पटक अनुगमन गर्दा पनि दोहोरिए औषधि पसल नै बन्द गरिने उपप्रमुख शर्माले बताइ । ‘यो हाम्रो पहिलो अनुगमन भएकाले सचेत मात्रै गराएका छौँ, उपप्रमुख शर्माले भनिन् ‘अर्को पल्ट पनि गल्ती भेटिए पसल नै बन्द हुन्छ, औषधि जस्तो संवेदनशिल चिजमा कसैले खेलवाड गर्न पाउँदैन, माफी पनि हुदैँन् ।’

हरिसिद्धि मेडिकल हलमा केहि म्याद नाघेको औषधि बिक्री गर्ने अन्य औषधिसँगै राखेको अनुगमन समितिले फेला परेको थियो । त्यस्तै प्रणय फार्मेसीमा ५ रुपैँया पर्ने मास्क २० रुपैयाँमा बिक्री गरिरहेको भेटिएको छ । भावना फार्मेसीको दर्ता प्रमाणपत्र समेत फेला नपरेको स्वास्थ्य संयोजक केसीले बताए ।

प्रकाशित मिति : २०७६, ६ चैत्र बिहीबार  ७ : १५ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक