२०८२, २५ भाद्र बुधबार

तेमाल प्रवेश गर्ने अर्को द्वार बोहोरेदोभानमा बन्ने

तेमाल प्रवेश गर्ने अर्को द्वार बोहोरेदोभानमा बन्ने


धुलिखेल, ६ चैतः काभ्रेको तेमाल गाउँपालिकाले साविकको सस्र्यूखर्क गाविस प्रवेश गर्न बोहोरेदोभानमा द्वार निर्माण गर्ने भएको छ । वडा नम्बर १ को बोहोरेदोभानमा निर्माण गरिने द्वारको पालिका अध्यक्ष समाल सिंह तामाङले बुधबार शिलान्यास गरेका हुन् ।

तेमाल प्रवेश गर्ने मुख्य–मुख्य नाकामा द्वार बनाउने अभियान अन्तर्गत बोहोरेदोभानमा द्वार निर्माण गर्न लागिरएको पालिका अध्यक्ष तामाङले बताए । प्रवेशद्वार १० लाख रुपैयाँमा निर्माण पुरा हुनेछ । प्रवेशद्वार निर्माणका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०६७/७७ बजेट मार्फत १० लाख विनियोजन गरेको वडाध्यक्ष मान बहादुर श्रेष्ठले बताए ।

तेमाल प्रवेश गर्ने अन्य नाकाहरुमा पनि द्वार निर्माण गर्ने पालिका अध्यक्ष तामाङले बताए । तामाङ पहिचान झल्ने द्वारले तेमालको संस्कार र सस्कृतिको समेत प्रतिनिधित्व गर्छ, अध्यक्ष तामाङले भने ‘यस्ता द्वार तेमालका अन्य ठाउँमा पनि निर्माण हुन्छ ।’

पालिकाले नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकाको संगमस्थल वडा नम्बर ५ कालिमाटीमा पनि प्रवेशद्वार निर्माण गरेको छ । १५ लाख रुपैयाँमा निर्माण भएको यो प्रदेशद्वारमा बौद्ध धर्मवलम्बीहरुको पहिचान झल्कने अष्ठमंगल, खोर्लो, बुद्धबाणीहरु लेखिएका छन ।

प्रकाशित मिति : २०७६, ६ चैत्र बिहीबार  १० : ०६ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा