२०८२, २२ जेष्ठ बिहीबार

काभ्रेका यी स्थानीय तहमा आजदेखि बन्द हुदैछन् विद्यालय

काभ्रेका यी स्थानीय तहमा आजदेखि बन्द हुदैछन् विद्यालय


धुलिखेल, ६ फागुनः शैक्षिक सत्रको अतिम परीक्षासँगै काभ्रेका धेरै स्थानीय तहले विद्यालय बन्द गर्न निर्देशन दिएका छन् । यसअघिका बर्षहरुमा पनि परीक्षा लगत्तै विद्यालय बन्द हुन्थे । तर यो पटक भने कोरोना भाइरसका कारण विद्यालय कहिले खुल्छ भन्नेमा अन्योलता देखिएको छ । धुलिखेल नगरपालिका बाहेक संघीय सरकारको शिक्षा मन्त्रालयको आग्रह मानेका अन्य स्थानीय तहमा बुधबारबाट परीक्षा सकिएको छ ।

काभ्रेको पाँचखाल नगरपालिकाले एक सुचना निकालेर भोली देखि चैत २५ गतेसम्म नगरभित्रका सामुदायिक र संस्थागत विद्यालय बन्द गर्न निर्देशन दिएको छ । प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर भण्डारीले चैत २६ गते विद्यालय खोलेर बार्षिक परीक्षाको नतिजा तयार गर्न र २८ चैतमा नजिना प्रशासन गर्न सबै विद्यालयलाई आग्रह गरेका छन् । कक्षा ८ को जिल्ला स्तरीय परीक्षाको उत्तरपुस्तिका परीक्षण गरी चैत १० गतेभित्र समष्टिगत फारम तयार गरी नगरपालिकाको शिक्षा शाखामा पेश गर्न नगरपालिकाले भनेको छ ।

जिल्लाको सबैभन्दा कान्छो नगरपालिका मण्डनदेउपुरमा बार्षिक परीक्षा सकिएको छ । उसले विद्यालयहरुलाई कुनै किसिमको जमघट हुने कार्यक्रम स्थगित गर्न निर्देशन दिएको छ । जिल्लाको नमोबुद्ध, बनेपा, पनौती नगरपालिका र भुम्लु, रोशी, तेमाल, चौरीदेउराली, बेथानचोक, खानीखोला र महाभारत गाउँपालिकामा पनि बार्षिक परीक्षा सकिएको छ ।

धुलिखेल नगरपालिकाले भने चैत ८ गतेसम्मका लागि परीक्षा तालिका सार्वजनिक गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत ५ गतेभित्र बार्षिक परीक्षा सकाउन देशभरका विद्यालयहरुलाई निर्देशन दिएको थियो ।

प्रकाशित मिति : २०७६, ६ चैत्र बिहीबार  ७ : १९ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक