२०८२, ८ पुस मंगलबार

पनौतीमा जनजीवन सामान्य बन्दै

पनौतीमा जनजीवन सामान्य बन्दै


धुलिखेल, ५ चैतः ११ घण्टा लामो कर्फ्यु  पछि पनौती बसपार्क आसपासको जनजीवन सामान्य बन्दै गएको छ । आइतबार दिउँसो देखि प्रर्दशन भएपछि अशान्त बनेका बसपार्क बुधबार भने पूर्णरुपमा सञ्चालनमा आएको छ । होटल, पसल खुलेका छन् । यातायातको साधन नियमति चलिरहेको छ ।

कर्फ्युका कारण स्थगित कक्षा आठका जिल्ला स्तरीय परीक्षा सुचारु भएको छ । तर सुरक्षा कर्मीको संख्या पनि साविकको दिनको भन्दा धेरै परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिले मंगलबार बिहान ९ बजेदेखि राती ८ बजेसम्म कफ्र्यु आदेश जारी गरेको थियो ।

खानीखोला गाउँपालिकाको वडा नम्बर १ स्थित कालिका प्राथमिक विद्यालय हातिडाँडाका प्रधानाध्यापक जुनिमाया गोले र उनका ३ बर्षिया छोरी स्मारिकाको टिपरको ठक्करबाट ज्यान गएपछि आफन्त र स्थानीयले प्रर्दशन गरेका थिए ।

मंगलबार जिल्ला प्रहरी कार्यालय धुलिखेलमा भएको सर्वपक्षिय बैठकले तीन बुदेँ सहमति गरेपछि कफ्र्यु हटाउन प्रशासन तयार भएको हो । संघीय सांसद गंगा बहादुर दोङ, पनौती नगरपालिका प्रमुख भिमप्रसाद न्यौपाने, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना सहित मृतक पक्षको आफन्त बीचको बैठकले तीन बुदाँमा सहमति गरेको थियो । मृतकका आफन्तले क्षतिपुर्ती नलिने, चालकलाई हदैँ सम्मको कानुनी कारबाही गर्ने र श्रीमान विदेशबाट आएपछि मात्रै दाहासंस्कार गर्ने सहमति भएको पनौतीका नगरपालिकाका नगरप्रमुख भिमप्रसाद न्यौपानेले जानकारी दिए ।

बनेपाबाट पनौती तर्फ जादैँ गरेको बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिदाँ आमा-छोरी गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा शीर मेमोरियल अस्पतालमा मृत्यु भएको थियो । जुनीमाया र उनका छोरी स्मारिकालाई ठक्करदिने टिपर चालक रोशी गाउपालिका वडा नम्बर ६ घर भएका ३५ बर्षीय नबराज थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७६, ५ चैत्र बुधबार  १० : ११ बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय

नागरिक सुरक्षा र लोकतन्त्र रक्षाका लागि कोशीमा एमाले सडकमा

विराटनगर। असंवैधानिक र प्रतिशोधपूर्ण सरकारको दमनकारी कदमविरुद्ध नेकपा (एमाले) कोशी

के भयो रवि लामिछाने र बालेन साहबीच ६ घण्टा लामो वार्तामा ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ