२०८३, २१ आश्विन बिहीबार

पनौतीमा जनजीवन सामान्य बन्दै

पनौतीमा जनजीवन सामान्य बन्दै


धुलिखेल, ५ चैतः ११ घण्टा लामो कर्फ्यु  पछि पनौती बसपार्क आसपासको जनजीवन सामान्य बन्दै गएको छ । आइतबार दिउँसो देखि प्रर्दशन भएपछि अशान्त बनेका बसपार्क बुधबार भने पूर्णरुपमा सञ्चालनमा आएको छ । होटल, पसल खुलेका छन् । यातायातको साधन नियमति चलिरहेको छ ।

कर्फ्युका कारण स्थगित कक्षा आठका जिल्ला स्तरीय परीक्षा सुचारु भएको छ । तर सुरक्षा कर्मीको संख्या पनि साविकको दिनको भन्दा धेरै परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिले मंगलबार बिहान ९ बजेदेखि राती ८ बजेसम्म कफ्र्यु आदेश जारी गरेको थियो ।

खानीखोला गाउँपालिकाको वडा नम्बर १ स्थित कालिका प्राथमिक विद्यालय हातिडाँडाका प्रधानाध्यापक जुनिमाया गोले र उनका ३ बर्षिया छोरी स्मारिकाको टिपरको ठक्करबाट ज्यान गएपछि आफन्त र स्थानीयले प्रर्दशन गरेका थिए ।

मंगलबार जिल्ला प्रहरी कार्यालय धुलिखेलमा भएको सर्वपक्षिय बैठकले तीन बुदेँ सहमति गरेपछि कफ्र्यु हटाउन प्रशासन तयार भएको हो । संघीय सांसद गंगा बहादुर दोङ, पनौती नगरपालिका प्रमुख भिमप्रसाद न्यौपाने, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना सहित मृतक पक्षको आफन्त बीचको बैठकले तीन बुदाँमा सहमति गरेको थियो । मृतकका आफन्तले क्षतिपुर्ती नलिने, चालकलाई हदैँ सम्मको कानुनी कारबाही गर्ने र श्रीमान विदेशबाट आएपछि मात्रै दाहासंस्कार गर्ने सहमति भएको पनौतीका नगरपालिकाका नगरप्रमुख भिमप्रसाद न्यौपानेले जानकारी दिए ।

बनेपाबाट पनौती तर्फ जादैँ गरेको बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिदाँ आमा-छोरी गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा शीर मेमोरियल अस्पतालमा मृत्यु भएको थियो । जुनीमाया र उनका छोरी स्मारिकालाई ठक्करदिने टिपर चालक रोशी गाउपालिका वडा नम्बर ६ घर भएका ३५ बर्षीय नबराज थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७६, ५ चैत्र बुधबार  १० : ११ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी