२०८२, १४ फाल्गुन बिहीबार

आङा जुनी ‘अब यो निधारमा कसले टिका लगाइदेला’

आङा जुनी ‘अब यो निधारमा कसले टिका लगाइदेला’


धुलिखेल, ५ फागुनः  आइतबार अमेरिकामा अन्य दिनको तुलनामा अलिक लामो ड्युटी गर्ने गर्छु । बहिनी जुनीमायाले नेपालबाट म्यासेन्जरमा म्यासेज पठाइन । म काममा छु । पछि कुरा गर्छु है भनेर अफलाइन बसे । यहि हो बहिनीसँग मेरा अन्तिम संवाद । कामबाट रुममा फर्किए । लामो समय ड्युटीमा बसेको भएर होला । धेरै निन्दाएछु । सपना पनि नराम्रो देखेँ । नेपालमा फोन गरे, फोन लागेन । रातभर काममा । मनमा अनेक कुरा खेल्न थाल्यो ।

अमेरिको बिहान ६ः३५ बजे कोरियाबाट काका नरेन्द्र गोलेको फोन आयो । काकाले रुदैँ घरतिरको खबर थाहा भो भनेर सोध्नु भयो । काकाको मुखबाट सुनेको खबरले हात चलेन । शरीर थर थर काप्न थाल्यो । बोली बिस्तारै हराउन थाल्यो । न त मैले आकाश देखे । न त धर्तीमा नै टेकेको अनुभव गरे । त्यो खबर मैले काम गर्ने म्यानेजर नारायण कुमार श्रेष्ठलाई सुनाए । नेपालमा भएका साथी प्रकाश सुन्दास र अस्पतालमा रहेका पेमा लामालाई फोन गरे । कोठामा आएर सबैलाई फोन गरे । रुनु र छट्पटीनु बाहेक मेरो विकल्प थिएन ।

बहिनी माइती गाउँमा काका बुबा रहर लामा गोलेको छोरी सुनिलाको बिहेमा सहभागि हुन आएकी थिइन । त्यसै क्रममा शरीरमा ज्वरो आएको रहेछ । घरमा अहिले बुबा भुकम्पपीडितका लागि सरकारले दिएको अनुदानबाट घर बनाउने तयारीमा हुनुहुन्छ । बुबा र बहिनी बीच सल्लाह भएछ । सामान पनि किन्ने र उपचार पनि गर्ने । त्यहि तयारीका साथ बुबा र बहिनी गाउँबाट गाडी चढेर पनौती आउनु भयो ।

पनौती ओर्लिएपछि खाजा खाएर सामान किन्न हिड्दै गर्दा भाञ्जीलाई टिपरले ठक्कर दिएछ । भाञ्जीलाई जोगाउन जाँदा बहिनीलाई पनि टिपरले ठक्कर दिएको रहेछ । मलाई कत्ति पनि विश्वास लागेको छैन बहिनी जुनीमाया । तिमीले यो संसार छाडेको भन्नेमा । तर समाचारहरुमा आइसक्यो । डाक्टरले मृत घोषणा गरिसके । तर पनि मनले अझै विश्वास गरेको छैन् जुनी । मेरो बहिनी । म आउने बाटो कुरिरहेकै हुनेछिन् । मैले काभ्रेमा रहेर पत्रकारिता गर्दा होस् वा डेढ वर्षअघि अमेरिका आइसकेकापछि । यो अवस्थासम्म आउन तिमीले मेरो लागि असंख्यक गुण लगाएकी छौँ बहिनी जुनी । के अब मैले त्यो तिम्रो गुण तिर्न नपाउने नै हो त । भगवान पनि किन यत्ति बिग्न निष्ठूरी भएका होलान् ।

तिम्रो मृत्युको खबरले न त हात चल्यो, न त मेरो भोली नै फुट्यो । न सास भेट्न पाए । न त लास नै भेटाउन सक्छु जुनी तिम्रो । कोरोनाको त्रासले अहिले कतै नी जान दिएको छैन् । सामुद्र पारीको देशमा छु । आफ्नो भन्ने कोहि हुदैँनन । बेला बेला नेपालबाट तिमीले फोन गरेर सान्त्वना दिइरहन्थ्यौ । दिन भरी, रात भरी काम गर्यो । दया गर्ने कोहि हुदैँनन बहिनी ।

त्यो बालापनमा हामीले भोगेका दुःखका दिन । अभाव र छटपटि । भर्खर भर्खर तंग्रिदै गर्दा यो कस्तो असुभ खबर सुन्नु पर्यो जुनी । निर्दोष भाञ्जी स्मारिका फोनमा थोते बोलिमा सधै भन्ने गर्थिन । ‘मामा कहिले आउने, चक्केट चाहिन्छ है ।’ म छुट्टी मिलाएर नेपाल आउने अनि बालापनमा भोगेका दुःखहरुसँग एकै पटक सबै घरपरिवार बसेर सम्झने । अनि भावी दिनको योजना बनाउने । त्यहि सोचिरहेको थिए जुनी ।

तिमी हाम्रो एक मात्रै बहिनी थियौ जुनी । तिम्रो अनुपस्थितिमा म र भाई कतिदिन तड्पने त्यसको कुनै सिमा छैन् । मलेसियामा रहनुभएका ज्वाईलाई कसरी सम्झाउँ । घर (च्यासिङखर्क) मा बुढी भइसक्नु भएको आमा तिमी एक्ली छोरी माइत आउने कुरा सुनेपछि कत्ति खुशी हुनुहुन्थ्यो । अब त्यो खुशी कसले दिन्छ जुनी । तिम्रो बेदनामा आमा अझै अचेत हुनुहुन्छ जुनी । अमेरिकाबाट आमालाई सम्झाउने प्रयास धेरै गर्न खोजे तर सकिरहेको छैन । बस तिम्रै बेदनामा ।

हिजो जिल्ला प्रहरी कार्यालय धुलिखेलमा भएको छलफलमा कुनै पनि क्षतिपुर्ति नलिने हिम्मत गरेका छौँ । हामी क्षतिपुर्तिमा भन्दा पनि दोषीलाई कडाभन्दा कडा कानुनी कारबाही गराउन लागेको छाैँ। बहिनी जुनी र भाञ्जी स्मारिकाको भौतिक शरिर नभएपनि मेरो जस्तै बहिनी र नाबालक भाञ्जीको यसरी दर्दनाक दुर्घटनामा कसैले अकालमा ज्यान गुमाउन नपर्ने परिस्थितिको निर्माणमा म र ज्वाई लाग्नेछौँ । बहिनी जुनीमाया तिमीलाइ हामी जुनी जुनी सम्भिरहने छाैँ । बहिनी र भाञ्जीको आत्मले शान्ति पाओस् । यो जुनिमा भेट्न् नसकेनी अर्को जुनिमा भेटाउला बहिनी जुनि । श्रद्धाञ्जी बहिनी जुनीमाया र भाञ्जी स्मारिका ।

उनी तिम्रो दाई राज कुमार गोले
हालः अमेरिकाको टेक्सस, हुसटन

प्रकाशित मिति : २०७६, ५ चैत्र बुधबार  ९ : २६ बजे

घरदैलो पछि सिन्धुलीमा एमाले उमेदवार उत्साहित

सिन्धुली । नेकपा एमाले सिन्धुली क्षेत्र नं. २ का प्रतिनिधिसभा

एमाले प्रवेश गर्ने राप्रपाको टिमलाई महेश बस्नेतले गरे स्वागत

भक्तपुर, १४ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कामध्यपुरथिमि नगर

वर्षौँको प्रतीक्षा अब अन्त्य हुँदैछ : पनौती बदल्ने प्रतिबद्धतासहित अमित लामा घरदैलोमा

पनौती । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवार तथा

एमाले र रास्वपाका कार्यकर्ताबीच झडप, दुई जना घाइते

धनगढी। एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच बैतडीमा

शेरबहादुर देउवा सिंगापुर प्रस्थान

काठमाडौँ। नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका