२०८२, १६ चैत्र मंगलबार

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका महिलालाई प्रसुती अवधिभर एम्बुलेन्स निःशुल्क

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका महिलालाई प्रसुती अवधिभर एम्बुलेन्स निःशुल्क


धुलिखेल, ४ चैतः सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाका महिलाले प्रसुती अवधिभर एम्बुलेन्स निःशुल्क पाउने भएका छन् । पालिकाका प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर विकका अनुसार प्रसुती सेवालाई सुरक्षित र प्रभावकारी बनाउन आज देखि निःशुल्क एम्बुेन्स सेवा सुरु गरिएको हो ।

त्यसका लागि पालिकाले एउटा एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । एम्बुलेन्स सेवा ७ वटै वडाभित्रका महिलाले प्रसुती अवधिभर लिन पाउनेछन् । जुगल गाउँपालिकामा ६ वटा स्वास्थ्य चौकी, ३ वटा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा छन् । त्यस्तै अर्को एउटा पनि सामुदायिक स्वास्थ्य ईकाई निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत विकले जानकारी दिए । ‘स्वास्थ्य संस्थामा प्रसुति गराएपनि, अन्य ठाउँमा लैजानुपर्ने अवस्था आएपनि सेवा लिन पाउनुहुन्छ, प्रमुख प्रशासकीय अधिकृत विकले भने ‘सेवा ग्राहिलाई तत्काल सेवा दिन र दुरुपयोग नहोस् भन्नका लागि एम्बुलेन्स सञ्चालक समिति नै छुट्टै बनाएका छौँ ।’

पालिकाको ४ वटा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर रहेको स्वास्थ्य संयोजक अनिल साउदले बताए ।

प्रकाशित मिति : २०७६, ४ चैत्र मंगलबार  ३ : ०१ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा