२०८३, १२ कार्तिक बिहीबार

काभ्रेमा नरभक्षि बन्दै टिपरः टिपर संघका अध्यक्ष लामाले सर्वसाधरणलाई थुके

काभ्रेमा नरभक्षि बन्दै टिपरः टिपर संघका अध्यक्ष लामाले सर्वसाधरणलाई थुके


धुलिखेल, ४ चैतः सोमबार दिउँसो पनौतीमा टिपरको ठक्करबाट बाटो हिडिरहेका आमा छोरी ढले । स्थानीयले उठाए । शीर मेमोरियल अस्पताल पुर्याएर । तर आमा छोरीकै ज्यान जोगिएन ।

हुन त कतिपय घटना गराउछु भनेर नहोला । तर पनौतीको घटनामा चालकभित्रको मानवीयता पटक्कै देखिदैन । पनौती बसपार्क क्षेत्रको सडक अझै फराकिलो बन्न सकेको छैन् । यहि साँघुरो सडक भएर अबैधानिक खानी र क्रसर उद्योगबाट निर्माण सामग्री लिन जाने र राजधानी फर्कने सयौँ टिपर गुड्छन् ।

जीवनको लामो समय ड्राभिङ गरेकाहरु मध्ये थुप्रैको अनुभव छ, सडकमा सर्प, कुकुर समेत नमारेको । तर कमै टिपर चालक होलान् जो दुर्घटनामा नपरेका र नपारेका । जहाँ साघुँरो सडक त्यहि गति तीब्र पार्ने टिपर चालकहरुको बानी नै बसिकेको छ । त्यहिको परिमाण आमा छोरीले ज्यान गुमाएर पनौतीमा ।

आइतबार पनि मण्डनदेउपुरको कुन्तामा टिपर र मिनी टिपर ठक्कर खादाँ २२ जना घाइते भएको थिए । घाइते मध्ये केहि अहिले पनि धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

यता बागमती टिपर ब्यवसायी संघका अध्यक्ष प्रेम लामाले फेसबुकमा लेखेका छन्, आइतबार कुन्ता, सोमबार सागा र पनौतीमा दुर्घटना भएको टिपर बागमती टिपर ब्यवसायी संघसँग आबद्ध नभएको भन्दै थुच्छ शब्द प्रयोग गरेका छन् ।

हेर्नुस लामाकाे फेसबुक स्टाटस

प्रकाशित मिति : २०७६, ४ चैत्र मंगलबार  ८ : ४६ बजे

प्रहरीको कडा चेतावनी : संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्नेहरूमाथि अनुसन्धान

काठमाडौं । नेपाल प्रहरीले संगठनको प्रतिष्ठामाथि आँच पुर्‍याउने र प्रहरीलाई

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल