धुलिखेल, ३ चैतः काभ्रेको पनौतीमा टिपरको ठक्करबाट आमा छोरा गम्भीर घाइते भएका छन् । बनेपाबाट पनौती तर्फ जादैँ गरेको बा ५ ख ५४८० नम्बरको टिपर ठक्कर दिदाँ आमा छोरा गम्भीर घाइते भएका हुन् ।
उनीहरुको शीर मेमोरियल बनेपामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । टिपर चालक रोशी गाउपालिका वडा नम्बर ६ घर भएका ३५ बर्षीय नबराज थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
थप बिवरण अाउन बाँकी छ ।
प्रतिक्रिया