काठमाडौं ३ चैत : गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोनाभाइरस सङ्क्रमण अर्थात् कोभिड– १९ विश्वव्यापी महामारीको ‘केन्द्रबिन्दु’ अब युरोप भएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना महामारकिो केन्द्रविन्दु अब युरोप बनेको अपौचारिक रुपमा घोषणा गरेको छ । डब्ल्यूएचओका प्रमुख डा टेड्रोस एड्हनम गेहब्रेयससले चीनमा कोरोनाको प्रभाव घट्दै गएको र युरोप महामारीको केन्द्रबिन्दु भएको बताए ।
उनले भने, ‘युरोप अहिले यो विश्वव्यापी महामारीको केन्द्रबिन्दु बनेको छ । चीनबाहेक अरू सबै देशमा भएका मृत्यु र सङ्क्रमणका घटनाभन्दा बढी युरोपमा देखिएको छ ।’
प्रतिक्रिया