२०८२, २१ असार शनिबार

काभ्रेको कोशीपारीमा दुई पालिका जोड्न माझोलुङ्गे पुल हुने

काभ्रेको कोशीपारीमा दुई पालिका जोड्न माझोलुङ्गे पुल हुने


धुलिखेल, २ चैतः काभ्रेको कोशीपारीमा पर्ने दुई पालिका जोड्ने झोलुङ्गे पुल बन्ने भएको छ । भुम्लु गाउँपालिका र चौरीदेउराली गाउँपालिका जोड्ने झोलुङ्गे पुलको आज शिलान्यास गरिएको हो । भुम्लु गाउँपालिका वडा नम्बर ६ कोलाती भुम्लु र चौरीदेउराली गाउँपालिका वडानम्बर ८ विर्ता देउरालीको खहरेखोलामा झोलुङ्गे पुलको निर्माणकार्य शुरु भएको भम्लु गाउँपलिकाका अध्यक्ष गुमान ध्वाजकुँवरले बताए ।

दुईओटा पालिका जोड्ने पुल बनेपछि बिर्ता देउराली र कोँलाती भुम्लुमा उत्पादन हुने गहुँ आलु जस्ता कृषिजन्य सामग्रीले राम्रो बजार पाउने अध्यक्ष कुँवरले बताए । पुल ८६ मिटर लामो हुने छ । झोलुङ्ग पुल निर्माणका लागि संघ सरकारको ३९ लाख २६ हजार २ सय ८५ रुपैया, भुम्लु गाउँपालिकाको २ लाख ७६ हजार ४ सय ३१ रुपैया र झोलुङ्गे पुल सहयोग इकाईबाट ३ लाख १२ हजार ३ सय २४ रुपैया खर्च हुनेछ ।

त्यस्तै स्थानीयको २ प्रतिशत श्रमदान अन्तर्गत ९२ हजार १ सय ४३ रुपैया गरी जम्मा ४६ लाख ७१ सय ८४ रुपैयामा निर्माण हुने सिभिक फोरमका झोलुङ्गे पुल फोकल पर्सन किरण गुरुङले बताए ।

प्रकाशित मिति : २०७६, २ चैत्र आईतबार  ६ : ४१ बजे

सहिदभूमिमा सरसफाई अभियान

धनकुटा । सहिदभूमि गाउँपालिका्को वडा न ६ स्थिति स्थानीय बिहानी

सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो इस्ट जोन कपको उपाधि

काठमाडौं । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको

प्रधानमन्त्रीसँग मलेसियन व्यवसायीको भेट

काठमाडौँ । नेपालमा लगानीका सम्भावना र अवसरबारे मलेसियाली व्यवसायीहरूले प्रधानमन्त्री

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न