२०८२, १६ चैत्र मंगलबार

काभ्रेका ८ वटा पालिकामा पहिलो चरणको दादुरा-रुबेला खोप कार्यक्रम सुरु

काभ्रेका ८ वटा पालिकामा पहिलो चरणको दादुरा-रुबेला खोप कार्यक्रम सुरु


धुलिखेल, २ चैतः काभ्रेमा पहिलो चरणको दादुरा-रुबेला खोप कार्यक्रम सुरु भएको छ । आइतबारबाट जिल्लाको ८ वटा पालिकामा दादुरा–रुबेला खोप कार्यक्रम सुरु भएको हो । जिल्लामा दुई चरणमा खोप कार्यक्रम हुने जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको प्रमुख डाक्टर नगेन्द्र कुमार झाले जानकारी दिए ।

पहिलो चरणको खोप कार्यक्रममा १० गतेसम्म सञ्चालन हुनेछ । खोप ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकाकालाई लगाइने छ । जिल्लाको भुम्लु, चौरीदेउराली, तेमाल, रोशी गाउँपालिका र मण्डनदेउपुर, धुलिखेल, पाँचखाल र नमोबुद्ध नगरपालिकामा पहिलो चरणको खोप कार्यक्रम सञ्चालन भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको प्रमुख डाक्टर झाले जानकारी बताए ।

दुबै चरणमा गरी जिल्लाका ३१ हजार ७ सय ९२ जना बालबालिकाले खोप लगाउने छन् । जिल्लाको ९ सय ६२ वटा खोप केन्द्र मार्फत खोप लगाउन सकिनेछ । खोप अभियानमा १ हजार ९ सय २४ जना स्वयंम सेवक र १ हजार ८७ जना खोप कार्यकर्ता परिचालन हुनेछन् ।

यो पटकको दादुरा–रुबेला खोप विशेष हुनेछ । ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकाका अभिभावकलाई पालिकाका प्रमुख वा स्वास्थ्य संस्था प्रमुखले निमन्त्रणा पत्र पठाइसकेका छन् । वडाध्यक्षले आफ्नो वडामा कुनै पनि बालबालिका दादुरा-रुबेलाको खोपबाट बञ्जित नभएको सुनिश्चितता गर्नुपर्नेछ । काभ्रे जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा भएको जिल्ला पनि हो ।

त्यस्तै दोस्रो चरणको खोप कार्यक्रम चैत १४ देखि २२ गतेसम्म जिल्लाको पाँचवटा स्थानीय तहमा सञ्चालन गरिने छ । बनेपा र पनौती नगरपालिका, बेथानचोक, खानीखोला र महाभारत गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २०७६, २ चैत्र आईतबार  ८ : ११ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा