२०८२, ८ कार्तिक शुक्रबार

काभ्रेको ६ वटा पालिकाका नागरिकको उपचार धुलिखेल अस्पतालमा

काभ्रेको ६ वटा पालिकाका नागरिकको उपचार धुलिखेल अस्पतालमा


धुलिखेल, १ चैतः काभ्रे जिल्लामा बागमती प्रदेश मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम आज देखि सुरु भएको छ । जिल्लाको ६ वटा नगरपालिकाका महिला स्वास्थ्य स्वयम सेविका, अति गरिब, लोपउन्मुख, जनयुद्ध र जनआन्दोलनका घाइतेहरुको स्वास्थ्य परीक्षण निःशुल्क हुनेछ ।

धुलिखेल सामुदायिक अस्पतालमा स्वास्थ्य परीक्षण गराउने ब्यवस्था मिलाइएको छ । १ हजार ८ सय ५० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराउन पाउनेछन् । २५ प्रतिशत छुटमा २ हजार ४ सय ५० जनाले स्वास्थ्य परीक्षण गराउन पाउनेछन् । यो छुट पाउने ब्यक्ति पनि गरिब वर्ग्भित्रैकै हुनुपर्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर नगेन्द्र कुमार झाले जानकारी दिए ।

धुलिखेल र मण्डनदेउपुरका स्थानीयले चैत महिनाको हरेक शनिबार स्वास्थ्य परीक्षण गराउन पाउनेछन् । पाँचखाल र पनौती नगरपालिकाका स्थानीयलाई बैशाख महिनाको हरेक शनिबार स्वास्थ्य जाँच गराउने ब्यवस्था मिलाइएको छ । नमोबुद्ध र बनेपाका स्थानीयले भने जेठ महिनाको हरेक शनिबार स्वास्थ्य परीक्षण गराउन पाउने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर झाले बताए ।

२५ प्रतिशत छुटमा उपचार गराउनेले पनि वडा कार्यालयको सिफारिस लिनुपर्नेछ । गाउँपालिकाहरुमा पनि छिट्टै यो कार्यक्रम लागु गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर झाले बताउनुयभयो ।

प्रकाशित मिति : २०७६, १ चैत्र शनिबार  १० : ११ बजे

चर्चित गायिका नितु पौडेलको मृत्यु

काठमाडौं । आत्मदाह प्रयास गरेकी चर्चित गायिका नितु पौडेलको मृत्यु

मिथिलामा छठ पर्वको तयारी सुरु, उत्सवमय वातावरण

सर्लाही । तिहारको समापनसँगै मिथिलाञ्चलमा अब छठ पर्वको रौनक फैलिएको

बिपीराजमार्गमा मोटरसाइकल दुर्घटना: लोबसाङ होइदेनको मृत्यु

रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७, तल्लो बरामामा आज बिहान मोटरसाइकल

कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको अनुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले