२०८२, ३ चैत्र बुधबार

अमेरिमा राष्ट्रिय आपतकाल घोषणा

अमेरिमा राष्ट्रिय आपतकाल घोषणा


काठमाडौं, १ चैतः अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको प्रकोप बढ्दै गएका बेला राष्ट्रिय आपतकाल घोषणा गरेका छन् । कोरानाको प्रकोप नियन्त्रणमा सहयोग पुर्‍याउन उनले राष्ट्रिय आपतकाल घोषणा गरेका हुन ।

ट्रम्पले राष्ट्रिय आपतकाल निकै ठूला शब्द भएको भन्दै संघीय सरकारले आपतकालीन राहत कोषमा ५० विलियन डलरसम्म सहयोग गर्न सक्ने बताए । यसबाट संक्रमणको परीक्षणले गति दिन सक्नेछ विश्वास लिइएको छ । ह्वाइट हाउसबाट आपतकालीन अबस्थाको घोषणा गर्दै ट्रम्पले आगामी आठ हप्ता महत्वपूर्ण रहेको बताए । ट्रम्प प्रशासन बृहत कोरोना भाइरस परीक्षण गर्न असफल भएको भन्दै आलोचना हुंदै आएको छ ।

स्वास्थ्य सेवा प्रदायकहरूलाई आपतकालीन तयारी योजनाहरू सक्रिय गर्न भनिएको छ । ५ लाखसम्म थप कोरोनाभाइरस परीक्षणहरू अर्को हप्ताको सुरूमा उपलब्ध बताइएको छ । ट्रम्पले यसअघि पनि धेरै राष्ट्रिय आपतकाल घोषणा गरिसकेका छन् । तर महामारीविरुद्ध लड्ने यो आदेश भने स्वाइन फ्लूविरुद्ध बाराक ओबामाले घोषणा गरेको आपतकाल पछिको पहिलो हो ।

अमेरिकामा कोविड नाइन्टिनका कारण ४० जनाको मृत्यु भएको छ भने १७ सय १ जना संक्रमित छन् । धेरै राज्यहरूले संक्रमण रोक्न ठूला जमघटमा प्रतिबन्ध, खेलकुद प्रतियोगिता र शिक्षण संस्था बन्द गर्ने लगायतका निर्णयहरु गरेका छन् । गत डिसेम्बरमा चीनबाट यो भाइरस फैलिए पनि अहिले युरोप विश्वव्यापी महामारीको केन्द्र बनेको छ । धेरै युरोपेली मुलुकहरुले संक्रमित र मृत्यु हुनेको संख्या बढेको बताएका छन् ।

इटालीमा पछिल्लो २४ घण्टामा २ सय ५० जनाको मृत्यु भएको छ । त्यहां अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ सय ६६ र १७ हजार ६६० जना संक्रमित भएका छ । (एजेन्सी)

प्रकाशित मिति : २०७६, १ चैत्र शनिबार  १० : ०४ बजे

मनमोहन विश्वविद्यालयमा सी जिनपिङको पुस्तक जलाइएको विषयमा कूटनीतिक चासो, प्रशासनद्वारा छानबिन सुरु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित हात्तीमुडामा रहेको मनमोहन विश्वविद्यालयमा चिनियाँ

ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना

रास्वपाले सुरु गर्यो नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूको लागि

उदयपुर कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते

उदयपुर । आइतबार साँझ आएको हावाहुरीमा उदयपुरको कटारीमा २ जनाको

विदेशमा रहेका नेपाली श्रमिकको श्रम स्वीकृति नवीकरण प्रक्रिया नरोक्न प्रवासी नेपाली मञ्चको आग्रह

काठमाडौँ । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वैदेशिक रोजगारीमा रहेका