२०८३, २१ आश्विन बिहीबार

काभ्रेको भुम्लुमा बालबिबाह बढ्यो

काभ्रेको भुम्लुमा बालबिबाह बढ्यो


धुलिखेल, ३० फागुनः भुम्लु गाउँपालिकामा बाल विवाह गर्नेको संख्या बढेको पाइएको छ । बाल विवाह गर्नेको संख्या बढेपछि गाउँपालिकाले न्यूनिकरणका उपायको खोज्न सुरु गरेको छ ।

बालविवाह न्यूनिकरणका लागि पालिकाले सरोकारवाला पक्षसँग राय र सुझावका लागि छलफल तथा अन्र्तक्रिया थालेको उपाध्यक्ष कल्पना श्रेष्ठले बताइन् । ‘हामीले बाल विवाहलाई कसरी न्यूनिकरण गर्न सक्छौँ भनेर सरोकारवाला ब्यक्तिहरुसँग छलफल थालेका छौ, उपाध्यक्ष श्रेष्ठले भनिन् ‘सल्लाह, सुझाव लिएर योजनाबद्ध ढंगले अभियान नै चलाउनुपर्ने अवस्था आइसकेको छ ।’

पालिकामा केहि वर्ष यता २५ जनाले बालविवाह गरेको पाइएको छ । पालिकाले बालबिवाह न्यूनिकरणका लागि विद्यार्थी, अभिभावक, शिक्षक, जनप्रतिनिधिलाई भेला गराएर छलफल गरेको उपाध्यक्ष श्रेष्ठले बताइन् । ‘एक चरणको छलफल सकिसकेका छौँ, उनले भनिन् ‘अब बालबालिका र उनीहरुका अभिभावकसम्म कसरी जनचेतना पुर्याउने भन्ने विषयमा थप कार्य योजना नै बनाएर अघि बढ्छौँ ।’

उमेर नपुगि विवाह गर्दा शारिरीक, मानसिक र सामाजिक समस्या झेल्नु परिरहेको भन्दै उपाध्यक्ष श्रेष्ठले बालविवाह न्यूनिकरणका लागि पालिकाभित्रका सबै पक्षको भूमिका रहेको बताइन् । नेपालमा कानुनतः विवाह गर्ने उमेर २० बर्ष छ । त्यसैले २० वर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ ।

 

प्रकाशित मिति : २०७६, ३० फाल्गुन शुक्रबार  ९ : १४ बजे

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक

एमालेको स्थायी कमिटीमा विद्यादेवी भण्डारीको ‘इन्ट्री’, वरिष्ठ नेताको हैसियतमा पहिलो सहभागिता

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं । नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारीले पार्टी अध्यक्ष