२०८२, ६ भाद्र शनिबार

काभ्रेको भुम्लुमा बालबिबाह बढ्यो

काभ्रेको भुम्लुमा बालबिबाह बढ्यो


धुलिखेल, ३० फागुनः भुम्लु गाउँपालिकामा बाल विवाह गर्नेको संख्या बढेको पाइएको छ । बाल विवाह गर्नेको संख्या बढेपछि गाउँपालिकाले न्यूनिकरणका उपायको खोज्न सुरु गरेको छ ।

बालविवाह न्यूनिकरणका लागि पालिकाले सरोकारवाला पक्षसँग राय र सुझावका लागि छलफल तथा अन्र्तक्रिया थालेको उपाध्यक्ष कल्पना श्रेष्ठले बताइन् । ‘हामीले बाल विवाहलाई कसरी न्यूनिकरण गर्न सक्छौँ भनेर सरोकारवाला ब्यक्तिहरुसँग छलफल थालेका छौ, उपाध्यक्ष श्रेष्ठले भनिन् ‘सल्लाह, सुझाव लिएर योजनाबद्ध ढंगले अभियान नै चलाउनुपर्ने अवस्था आइसकेको छ ।’

पालिकामा केहि वर्ष यता २५ जनाले बालविवाह गरेको पाइएको छ । पालिकाले बालबिवाह न्यूनिकरणका लागि विद्यार्थी, अभिभावक, शिक्षक, जनप्रतिनिधिलाई भेला गराएर छलफल गरेको उपाध्यक्ष श्रेष्ठले बताइन् । ‘एक चरणको छलफल सकिसकेका छौँ, उनले भनिन् ‘अब बालबालिका र उनीहरुका अभिभावकसम्म कसरी जनचेतना पुर्याउने भन्ने विषयमा थप कार्य योजना नै बनाएर अघि बढ्छौँ ।’

उमेर नपुगि विवाह गर्दा शारिरीक, मानसिक र सामाजिक समस्या झेल्नु परिरहेको भन्दै उपाध्यक्ष श्रेष्ठले बालविवाह न्यूनिकरणका लागि पालिकाभित्रका सबै पक्षको भूमिका रहेको बताइन् । नेपालमा कानुनतः विवाह गर्ने उमेर २० बर्ष छ । त्यसैले २० वर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ ।

 

प्रकाशित मिति : २०७६, ३० फाल्गुन शुक्रबार  ९ : १४ बजे

माइत जाने र दक्षिणा प्राप्त गर्ने विगतको संस्कार अहिले तोडिएको छः रचना खड्का

सिन्धुलीः सिन्धुलीमा भव्य तीज कार्यक्रमको आयोजना गरिएको छ । खड्ग

ट्रम्प सरकारद्वारा ५.५ करोड भिसावाहकको छानबिन सुरु

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिका भित्रेका ५

एमालेले कसैको सदस्यता खोसेको छैनः अध्यक्ष ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले

लिपुलेक सम्झौता विरोधमा नेविसंघको मसाल जुलुस

काठमाडौँ । लिपुलेक हुँदै सीमा व्यापार गर्न भारत र चीनबीच

एनआरएनए केन्द्रीय समिति बैठक आइतबार, विश्व सम्मेलनलगायत विषयमा छलफल

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को १०७औं