२०८२, २८ चैत्र आईतबार

टुटल–पठाओमा फेरि प्रतिबन्ध : दीर्घकालीन समाधान दिँदैन सरकार

टुटल–पठाओमा फेरि प्रतिबन्ध : दीर्घकालीन समाधान दिँदैन सरकार


काठमाडौं , फागुन २९: सस्तो छ। छिटो सेवा प्राप्त हुन्छ र लोकप्रिय छ। तर, राइड सेयरिङसम्बन्धी कानुन छैन। यो सेवाबारे सरकार स्पष्ट हुन नसक्दा प्रतिबन्ध लगाउँदै आएको छ। यातायात व्यवस्था विभागले मंगलबार पुनः राइड सेयरिङ प्रतिबन्ध लगाएको छ। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा निजी सवारीले भाडामा यात्रु बोक्न नपाउने व्यवस्था छ। विभागले यही कानुनको आधारमा प्रतिबन्ध लगाए पनि कार्यान्वयन भने असफल हुँदै आएको छ।

गत वर्ष पुसमा पनि विभागले राइड सेयरिङमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। तर प्रधानमन्त्री केपी ओलीले आवश्यक परे कानुनी व्यवस्था सुधार गरेरै यस्ता नवप्रवर्तनमा आधारित सेवा नरोक्न निर्देशन दिएका थिए। राइड सेयरिङ सेवा पठाओका सञ्चालक असीममान बस्नेतले उच्च अदालत पाटनले कानुन बनाएर यो व्यवसाय सञ्चालन गर्न अन्तरिम आदेश जारी गरिसकेकाले यसलाई अवैधानिक व्याख्या गर्न नमिल्ने बताए। उनका अनुसार मस्यौदाका क्रममा संघीय सवारी तथा यातायात व्यवस्था ऐनमा राइड सेयरिङसम्बन्धी मापदण्ड र नियमनको व्यवस्था हुन लागेको छ।

राइड सेयरिङ विश्वभर लोकप्रिय छ। नेपालका सेवा प्रदायकले पनि नियमन गर्न र कानुनको अधीनमा ल्याउन आग्रह गरेका छन्। तर सरकारले अहिलेसम्म यसलाई कुनै विकल्प दिन सकेको छैन। कानुनमा राइड सेयरिङ सेवासम्बन्धी व्यवस्था नभएकाले बारम्बार विवादमा आउने गरेको ट्राफिक इन्जिनियर आशीष गजुरेलले बताए। यो सेवा छिमेकी भारत, बंगलादेशलगायत युरोपमा पनि सञ्चालनमा छन्। उनले भने, ‘सस्तो र छिटो सेवा प्राप्त हुने भएकाले यो लोकप्रिय छ। राइड सेयरिङसम्बन्धी कानुन नभएकाले नेपालमा समस्या देखिएको हो।’ यस्ता सेवालाई नयाँ ऐनमार्फत सम्बोधन गर्न सकिने गजुरेल बताउँछन्।

प्रकाशित मिति : २०७६, २९ फाल्गुन बिहीबार  ७ : २२ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४