२०८३, २१ आश्विन बिहीबार

धुलिखेल नगरपालिकामा वडाले नै उत्पादन गर्यो मास्क, ४ सय विद्यार्थीलाई वितरण

धुलिखेल नगरपालिकामा वडाले नै उत्पादन गर्यो मास्क, ४ सय विद्यार्थीलाई वितरण


धुलिखेल, २७ फागुनः बजारमा मास्कको हाहाकार भइरहेको बेला धुलिखेल नगरपालिकाको वडा नम्बर १० ले भने आफैले उत्पादन गरेर बालबालिकालाई वितरण गरेको छ । वडा कार्यालयले आफैले उत्पादन गरेको मास्क वडाभित्रका ४ सय विद्यार्थीलाई मंगलबार वितरण गरेको वडाध्यक्ष पुष्पराज राउतले जानकारी दिए ।

वडामा रहेको कालिका माध्यमिक विद्यालय र बालज्योती आधारभुत विद्यालयका ४ सय बालबालिकालाई मास्क वितरण गरिएको हो । कपडा किनेर स्थानीय स्तरमै मास्क बनाइएको वडाध्यक्ष राउतले बताए । ‘अहिले बजारमा मास्कको चरम अभाव सिर्जना गरिएको छ, पैसा हुनेले त महँगो नै भएपनि किनेर लगाउँलान्, उनले भने ‘गाउँघरसम्म सर्जिकल मास्क पुग्न निकै मुस्किल छ, त्यसैलाई मध्यनजर राखेर हामी आफैले मास्क उत्पादन गरेर बालबालिकालाई वितरण गरेको हौँ ।’

उनका अनुसार यो अभियान प्रभाविकारी भए बृद्धाबृद्धहरुलाई पनि स्थानीय स्तरमै उत्पादन गरेर मास्क वितरण गरिनेछ । वडामा करिब २ हजार ३ सय जनसंख्या रहेको छ । ‘यो सर्जिकल मास्क त होइन्, तर धुलो, धुवाँ छेक्न मद्दत पर्छ, वडाध्यक्ष राउतले भने ‘यो अभियान प्रभावकारी भए मास्क उत्पादन गरेर वडाका सबैलाई वितरण गर्छौँ ।’

वडा बालबालिकालाई ४ सय वटा हातधुने साबुन पनि वितरण गरेको छ । यो वडा बालमैत्री वडा समेत हो । ‘हामीले बालबालिकालाई हातधुने साबुन पनि वितरण गरेका छौँ, यो विपद्को समय हो, बजारमा भएको हाहाकार टार्न वडा आफैले मास्क उत्पादन गरेका हौँ ।’

प्रकाशित मिति : २०७६, २७ फाल्गुन मंगलबार  ६ : १३ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक