२०८२, १६ चैत्र मंगलबार

काभ्रेमा अझै तयार भएन आइसोलेसन कक्ष

काभ्रेमा अझै तयार भएन आइसोलेसन कक्ष


धुलिखेल, २७ फागुनः काभ्रेका दुई ठूला अस्पतालले अझै पनि कारोना भाइरसबाट संक्रमित विरामीलाई राख्ने आइसोलेसन कक्ष तयारी नभएको पाइएको छ । फागुन २० गते जिल्ला सदरमुकाम धुलिखेलमा जिल्लामा जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसको संक्रमितका लागि धुलिखेलमा रहेको धुलिखेल सामुदायिक अस्पताल र बनेपा स्थित शीर मेमोरियल अस्पतालमा आइसोलेसन वार्ड बनाउने निर्णय गरेको थियो ।

बैठकले निर्णय गरेको १० दिन बित्नै लाग्दा समेत राजधानीबाट ३० किलो मिटर टाढा रहेको धुलिखेल अस्पताल र २५ किलोमिटर दुरीमा रहेको शीर मेमोरियल अस्पतालले आइसोलेसन वार्ड तयारी गरेका छैनन् । जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले धुलिखेल अस्पताल र शीर मेमोरियल अस्पतालमा ५÷५ वेडको आइसोलेसन कक्ष तयार भएको दाबी गरे ।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् ब्यवस्थापन समितिका संयोजक श्रवण कुमार तिमिल्सिनाले पनि आइसोलेसन वार्डको तयारी पुरा भएको बताए । तर धुलिखेल अस्पतालका सुचना अधिकारी दिपन पोखरेलले भने आइसोलेसन वार्ड तयार नभएको जानकारी दिए । ‘आइसोलेसन कक्ष नै त तयार भइसकेको छैन्, उनले भने ‘तर कोहि संक्रमित आइहाले राख्ने स्थान भने निश्चित गरिएको छ ।’

शीर मेमोरियल अस्पतालका डाक्टर एञ्जिला बस्नेतले पनि आइसोलेसन वार्ड तयार भइनसकेको बताइन् । उनले पनि बिरामी आइहाले राख्ने ठाउँको निश्चिते गरिएको तर आइसोलेसन वार्ड भने तयारी नभएको बताइन् । पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (लुगा) समेत अहिलेसम्म नपाएको यी दुई अस्पतालले बताएका छन् । ‘बिरामी आइहाले उपचार गर्नका लागि स्वास्थ्य कर्मी आफै पनि सुरक्षित हुनुपर्छ, डाक्टर बस्नेतले भनिन् ‘ फिजिकल प्रोटेक्टिभ इक्युपमेन्ट अहिलेसम्म आइसकेको छैन् ।’

प्रकाशित मिति : २०७६, २७ फाल्गुन मंगलबार  २ : ४५ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा