२०८२, ९ मंसिर मंगलबार

काभ्रेमा अझै तयार भएन आइसोलेसन कक्ष

काभ्रेमा अझै तयार भएन आइसोलेसन कक्ष


धुलिखेल, २७ फागुनः काभ्रेका दुई ठूला अस्पतालले अझै पनि कारोना भाइरसबाट संक्रमित विरामीलाई राख्ने आइसोलेसन कक्ष तयारी नभएको पाइएको छ । फागुन २० गते जिल्ला सदरमुकाम धुलिखेलमा जिल्लामा जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसको संक्रमितका लागि धुलिखेलमा रहेको धुलिखेल सामुदायिक अस्पताल र बनेपा स्थित शीर मेमोरियल अस्पतालमा आइसोलेसन वार्ड बनाउने निर्णय गरेको थियो ।

बैठकले निर्णय गरेको १० दिन बित्नै लाग्दा समेत राजधानीबाट ३० किलो मिटर टाढा रहेको धुलिखेल अस्पताल र २५ किलोमिटर दुरीमा रहेको शीर मेमोरियल अस्पतालले आइसोलेसन वार्ड तयारी गरेका छैनन् । जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले धुलिखेल अस्पताल र शीर मेमोरियल अस्पतालमा ५÷५ वेडको आइसोलेसन कक्ष तयार भएको दाबी गरे ।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् ब्यवस्थापन समितिका संयोजक श्रवण कुमार तिमिल्सिनाले पनि आइसोलेसन वार्डको तयारी पुरा भएको बताए । तर धुलिखेल अस्पतालका सुचना अधिकारी दिपन पोखरेलले भने आइसोलेसन वार्ड तयार नभएको जानकारी दिए । ‘आइसोलेसन कक्ष नै त तयार भइसकेको छैन्, उनले भने ‘तर कोहि संक्रमित आइहाले राख्ने स्थान भने निश्चित गरिएको छ ।’

शीर मेमोरियल अस्पतालका डाक्टर एञ्जिला बस्नेतले पनि आइसोलेसन वार्ड तयार भइनसकेको बताइन् । उनले पनि बिरामी आइहाले राख्ने ठाउँको निश्चिते गरिएको तर आइसोलेसन वार्ड भने तयारी नभएको बताइन् । पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (लुगा) समेत अहिलेसम्म नपाएको यी दुई अस्पतालले बताएका छन् । ‘बिरामी आइहाले उपचार गर्नका लागि स्वास्थ्य कर्मी आफै पनि सुरक्षित हुनुपर्छ, डाक्टर बस्नेतले भनिन् ‘ फिजिकल प्रोटेक्टिभ इक्युपमेन्ट अहिलेसम्म आइसकेको छैन् ।’

प्रकाशित मिति : २०७६, २७ फाल्गुन मंगलबार  २ : ४५ बजे

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री

आगामी निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा ‘सूर्य’, नयाँ दलहरू ‘फर्स्ट कम फर्स्ट’ आधारम

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

सिंहदरबार प्रवेशमा रोक : जेन–जी समूह प्रधानमन्त्रीसँग भेट्न नसक्दा नाराबाजी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन आज पनि

लुटिएको प्रहरी हतियारसहित तीन जना इलाममा पक्राउ

विराटनगर । काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट भदौ २४ गते

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा