२०८२, १० फाल्गुन आईतबार

काभ्रे क्याम्पसमा एक महिनादेखि  पठनपाठन ठप्प

काभ्रे क्याम्पसमा एक महिनादेखि  पठनपाठन ठप्प


धुलिखेल, २७ फागुनः काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ६ मा रहेको काभ्रे बहुमुखी क्याप्पसको प्रशासन र लेखा शाखामा माघ २६ गतेदेखि तालाबन्दी भएपछि पठनपाठन ठप्प भएको छ । अनेरास्ववियुले गरेको तालान्दीका कारण कक्षा ११ र १२ को पठनपाठन ठप्प भएको हो । ताला नखुल्दा ११ र १२ कक्षाका ५५ जना विद्यार्थीले पढ्न पाएका छैनन् ।

क्याम्पसको लापरबाहीका कारण विद्यार्थीको भविष्य अन्योल भएको भन्दै क्याम्पस प्रमुख केजी बैदारको राजीनामा र विद्यार्थीको हालसम्मको शुल्क फिर्ता तथा थप क्षतिपूर्तिसहितको माग राखेर तालाबन्दी गरेको अनेरास्ववियूका केन्दीय सदस्य शालिकराम पराजुलीले बताउनुभयो ।

कक्षा १२ मा अध्ययनरत विद्यार्थी एलिसा लामाले पटक–पटक क्याम्पस प्रशासनलाई आफुहरुको समस्या सम्बोधन गर्न आग्रह गर्दा पनि क्याम्पस प्रमुख केजी बैदारले बेवास्त गरेको बताएकी छन । विद्यार्थी लामाका अनुसार क्याम्पसले कक्षा ११ र १२ मा कम्प्युटर इञ्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीलाई अनिवार्य रसायन विज्ञान र भौतिक विज्ञान विषय नपढाएर नेपाली र अङ्ग्रेजी अध्यापन गराएका कारण स्नातक तहमा विद्यार्थीले कम्प्युटर इञ्जिनीयरिङ अध्ययन गर्न नपाउने परीक्षा बोर्डले बताएको छ ।

तालाबन्दी खुलाउन बिद्यार्थी संगठन र क्याम्पस प्रशासनबीच फागुन १३ गते भएको छलफल समेत निष्कर्ष विहिन भएको छ । तालाबन्दीले कक्षा ११ र १२ का बिद्यार्थीको बाहेक अरु कक्षाहरु भने सुचारु नै रहेको क्याम्पस प्रमुख केजी बैदारले बताउनुभयो । पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले पाठ्यक्रम अनुसार नपढाएर मान्यता नहुने बताए ।

प्रकाशित मिति : २०७६, २७ फाल्गुन मंगलबार  ८ : ३३ बजे

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार

कर्फ्युका कारण रौतहट जिल्ला अदालतका सबै सेवा स्थगित

काठमाडौँ । रौतहटमा जारी गरिएको अनिश्चितकालीन कर्फ्युका कारण रौतहट जिल्ला

मतदानअघि राष्ट्रको पक्ष रोजौँ : देश बनाउनेलाई साथ दिन आग्रह : सचिव महेश बस्नेत

भक्तपुर, १० फागुन । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र

चियाबारी-खुर्कोट सुरूङ एमालेकै नेतृत्वमा बन्छ : मनोजजंग

सिन्धुली: चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण नेकपा एमालेको नेतृत्वमै सम्पन्न हुने

एमालेको झण्डा जलाउनेलाई कारबाहीको चेतावनी : अञ्जना अधिकारी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)की युवा नेतृ अञ्जना अधिकारीले पार्टीको