२०८३, ९ भाद्र बुधबार

होलीमा काभ्रे प्रहरीको एक्सनः उत्शृङ्खल गतिविधि गरे तत्कालन नियन्त्रण

होलीमा काभ्रे प्रहरीको एक्सनः उत्शृङ्खल गतिविधि गरे तत्कालन नियन्त्रण


धुलिखेल, २६ फागुनः काभ्रे प्रहरीले होलीलाई सौहार्द पुर्ण वातावरणमा लेख्न आग्रह गरेको छ । प्रहरीले संयमित भएर होली पर्व मनाउन आग्रह गरेको हो । धेरै जमघट नगर्न र इच्छा विपरित रंग, पानी र लोला हानेको पाइएको तत्काल कारबाही गर्ने काभ्रे प्रहरी प्रमुख रवि कुमार पौडेलले बताए ।

उनका अनुसार जिल्लाको बनेपा, पनौती, धुलिखेल र मूख्य–मुख्य बजार क्षेत्रलाई सोमबार सुरक्षाका हिसाबले अति संवेदशील मानिएको छ । त्यहि अनुसार सुरक्षा कर्मीको उपस्थिति बढाइएको एसपी रवि कुमार पौडेलले बताए ।

प्रहरीले बनेपामा सवारी साधनको चेकजाँचलाई अघिल्लो दिनको तुलनामा ह्वात्तै बढाएको छ । खासगरी दुई पाङ्ग्रे सवारी साधानलाई उच्च निगरानीमा राखिएको एसपी पौडेलले बताए । प्रहरीले आफ्नो घर, टोल, छरछिमेकमा कुनै उत्शृङखल गतिविधि र अप्रिय घटना भए पैसा नलाग्ने फोन नम्बर १०० मा फोन गर्न पनि आग्रह गरेको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसका कारण पनि यो वर्ष होली खेल्नेको चहलपहल भने सहर बजारमा निकै कम देखिन्छ । गृहमन्त्रालयले रंग, पानी प्रयोग नगर्न र धेरै संख्यामा जमघट नगर्न सबैलाई अपिल गरेको छ ।

प्रकाशित मिति : २०७६, २६ फाल्गुन सोमबार  ८ : १७ बजे

भोटेकोशी बाढीले बैंकिङ क्षेत्र पनि प्रभावित, एक दर्जन शाखामा क्षति

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, त्रिशूलीलगायतका

जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका

भोटेकोशी बाढी : मृतकको संख्या ९५ पुग्यो, ६३ जना उपचाररत

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा

उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा

रसुवा बाढी : नेपाली सेना र निजी क्षेत्रले गर्यो ११४ जनाको हवाई उद्धार 

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै