२०८२, १० फाल्गुन आईतबार

नेशनल प्याब्सन भक्तपुरको अध्यक्षमा खड्का

नेशनल प्याब्सन भक्तपुरको अध्यक्षमा खड्का


फागुन २५ भक्तपुरः राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियन नेपाल (नेशनल प्याब्सन) भक्तपुरको अध्यक्षमा संजय खड्का निर्वाचित भएका छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय (नेशनल प्याब्सन) भक्तपुरको पाँचौ जिल्ला अधिवेशनले खड्कालाई अध्यक्षको जिम्मेवारी सुम्पेको हो ।

अधिवेशनले मदरल्याण्ड स्कुलका प्रिन्सिपल खड्काको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा पारागन एकेडेमीका पुण्यराम कवां, इमेज स्कुलका शिव कृष्ण कवां, सचिव ईडेन गार्डेन स्कुलका जय प्रकाश राई, कोषाध्यक्ष प्रसादी पाठसालाका दिनेश शाक्य, सह–सचिव विमल मेमोरियलका कुमार थापा, सह कोषाध्यक्षमा रत्न शिक्षा स्कुलका गीता खड्का रहेका छन् ।

त्यस्तै सदस्यहरुमा पारीजात स्कुलका विक्रम थापा, युनिटी स्कुलका विपिन गुमान्जु, स्टुडेन्ट एकेडेमीका सुमन शिल्पकार, हिमशिखर स्कुलकी प्रतिमा माक चुनिएका छन् । नवनिर्वाचित अध्यक्ष खड्काले निर्वाचित भएपछि आफूले निजी विद्यालयहरुमा अझै गुणस्तरीय शिक्षाको लागि पहल गर्ने बताए । संस्थाका अध्यक्ष जि बि खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा तत्कालीन अध्यक्ष जीबी खड्काको नेतृत्वमा संस्थाको भवन निर्माणका लागि किनिएको जग्गामा सहयोग गर्ने विद्यालयलाई सम्मान पत्र प्रदान गरिएको थियो । साथै उक्त जग्गा खरिद गर्न अतुलनीय भूमिका निर्वाह गरी जिम्मेवारी पुरा गर्ने संस्थाका पुण्यराम कवां, दिनेश शाक्य र मुकेश योन्जनलाई कदर पत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २०७६, २५ फाल्गुन आईतबार  ७ : ४७ बजे

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार

कर्फ्युका कारण रौतहट जिल्ला अदालतका सबै सेवा स्थगित

काठमाडौँ । रौतहटमा जारी गरिएको अनिश्चितकालीन कर्फ्युका कारण रौतहट जिल्ला

मतदानअघि राष्ट्रको पक्ष रोजौँ : देश बनाउनेलाई साथ दिन आग्रह : सचिव महेश बस्नेत

भक्तपुर, १० फागुन । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र

चियाबारी-खुर्कोट सुरूङ एमालेकै नेतृत्वमा बन्छ : मनोजजंग

सिन्धुली: चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण नेकपा एमालेको नेतृत्वमै सम्पन्न हुने

एमालेको झण्डा जलाउनेलाई कारबाहीको चेतावनी : अञ्जना अधिकारी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)की युवा नेतृ अञ्जना अधिकारीले पार्टीको