२०८३, १२ कार्तिक बिहीबार

नेशनल प्याब्सन भक्तपुरको अध्यक्षमा खड्का

नेशनल प्याब्सन भक्तपुरको अध्यक्षमा खड्का


फागुन २५ भक्तपुरः राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियन नेपाल (नेशनल प्याब्सन) भक्तपुरको अध्यक्षमा संजय खड्का निर्वाचित भएका छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय (नेशनल प्याब्सन) भक्तपुरको पाँचौ जिल्ला अधिवेशनले खड्कालाई अध्यक्षको जिम्मेवारी सुम्पेको हो ।

अधिवेशनले मदरल्याण्ड स्कुलका प्रिन्सिपल खड्काको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा पारागन एकेडेमीका पुण्यराम कवां, इमेज स्कुलका शिव कृष्ण कवां, सचिव ईडेन गार्डेन स्कुलका जय प्रकाश राई, कोषाध्यक्ष प्रसादी पाठसालाका दिनेश शाक्य, सह–सचिव विमल मेमोरियलका कुमार थापा, सह कोषाध्यक्षमा रत्न शिक्षा स्कुलका गीता खड्का रहेका छन् ।

त्यस्तै सदस्यहरुमा पारीजात स्कुलका विक्रम थापा, युनिटी स्कुलका विपिन गुमान्जु, स्टुडेन्ट एकेडेमीका सुमन शिल्पकार, हिमशिखर स्कुलकी प्रतिमा माक चुनिएका छन् । नवनिर्वाचित अध्यक्ष खड्काले निर्वाचित भएपछि आफूले निजी विद्यालयहरुमा अझै गुणस्तरीय शिक्षाको लागि पहल गर्ने बताए । संस्थाका अध्यक्ष जि बि खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा तत्कालीन अध्यक्ष जीबी खड्काको नेतृत्वमा संस्थाको भवन निर्माणका लागि किनिएको जग्गामा सहयोग गर्ने विद्यालयलाई सम्मान पत्र प्रदान गरिएको थियो । साथै उक्त जग्गा खरिद गर्न अतुलनीय भूमिका निर्वाह गरी जिम्मेवारी पुरा गर्ने संस्थाका पुण्यराम कवां, दिनेश शाक्य र मुकेश योन्जनलाई कदर पत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २०७६, २५ फाल्गुन आईतबार  ७ : ४७ बजे

प्रहरीको कडा चेतावनी : संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्नेहरूमाथि अनुसन्धान

काठमाडौं । नेपाल प्रहरीले संगठनको प्रतिष्ठामाथि आँच पुर्‍याउने र प्रहरीलाई

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल