२०८२, ८ पुस मंगलबार

काभ्रेको भुम्लु गाउँपालिकामा एकैरात वडा कार्यालय र स्वास्थ्य चौकी सहित ९ घरमा चोरी

काभ्रेको भुम्लु गाउँपालिकामा एकैरात वडा कार्यालय र स्वास्थ्य चौकी सहित ९ घरमा चोरी


धुलिखेल, २५ फागुनः काभ्रेको कोशीपारी क्षेत्रमा पर्ने भुम्लु गाउँपालिका वडा न.८ मा शनिबार राती वडा कार्यालय र स्वास्थ्य चौकी सहित ९ घरमा चोरी भएको छ । गएराति सवा ११ देखि १ बजेको बीचमा पौवादेखि हबेली भन्ने ठाउँसम्मका घर पसल, वडा कार्यालय र स्वास्थ्य चौकीमा चोरी भएको स्थानीय रमेशप्रसाद खरेलले जानकारी दिए ।

वडा कार्यालयको ताला फोरेर नगद २५ हजार रुपैयाँ चोरी भएको बताइएको छ । स्वास्थ्य चौकीको भने मुख्य गेटको तालामात्रै फोरिएको छ । चोरी गर्ने समुहले महिला स्वास्थ्य स्वयम सेविका दुर्गा उप्रेतीको घरबाट २६ हजार रुपैयाँ नगद, सोभा तामाङ करिब २५ देखि ३५ हजार रुपैयाँ चोरी गरेका छन् । रमेश प्रसाद खरेलकै घरबाट नगर र गहना गरी ६० देखि ७० हजार रुपैयाँ बराबरको चोरी भएको छ ।

त्यस्तै सुब्बा खत्रीको पसलबाट नगद २६ हजार, हबेलीका आइतराम तामाङको किराना पसलबाट २८ देखि ३५ हजार नगद चोरी भएको बताइएको छ । स्थानीय मेजर लामाको मासु र किराना पसलबाट १५ देखि १८ सय चोरी भएको छ भने पौवाका माइला तामाङको पसलबाट खाने सामाग्री चोरी भएको स्थानीय रमेशप्रसाद खरेलले बताए ।

गाउँमा चोर पसेको थाहा पाएपछि स्थानीयले दोलालघाट प्रहरी चौकीमा फोन गरेका थिए । तर फोन नउठेपछि जिल्ला प्रहरी कार्यालय धुलिखेलमा फोन गरे । जिल्ला प्रहरी कार्यालयको आदेशमा दोलालघाट प्रहरी बिहान ३ बजे गाउँमा पुगेको थियो । गाउँमा अहिले सशस्त्र र नेपाल प्रहरीको टोली खटिएको छ । अहिलेसम्म कसैलाई पनि प्रहरीले नियन्त्रणमा लिन सकेको छैन ।

प्रकाशित मिति : २०७६, २५ फाल्गुन आईतबार  २ : ३५ बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय

नागरिक सुरक्षा र लोकतन्त्र रक्षाका लागि कोशीमा एमाले सडकमा

विराटनगर। असंवैधानिक र प्रतिशोधपूर्ण सरकारको दमनकारी कदमविरुद्ध नेकपा (एमाले) कोशी

के भयो रवि लामिछाने र बालेन साहबीच ६ घण्टा लामो वार्तामा ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ