२०८२, १३ श्रावण मंगलबार

आज ११० औं अन्तर्राष्ट्रिय नारी दिवस

आज ११० औं अन्तर्राष्ट्रिय नारी दिवस


काठमाडौं, २५ फागुनः ११० औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।

नारी दिवसका अवसरमा यसअघि सरकारी तवरबाटै कार्यक्रम हुने गरेका थिए । तर, कोरोना भाइरसको त्रासका कारण महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तय गरेको कार्यक्रम अन्तिममा स्थगित भएको छ ।

यसरी मनाउन थालियो श्रमिक महिला दिवस

सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हडताल र विशाल जुलुस प्रदर्शन गरे ।

महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ ।

जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउने थिति बसालियो । जुन अद्यपि कायमै छ ।

प्रकाशित मिति : २०७६, २५ फाल्गुन आईतबार  ७ : ५१ बजे

संघीय संसद अन्तरगत पाँच समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तरगत आज पाँच समितिको बैठक बस्दै

आज नाग पञ्चमीका दिन नाग टाँस्न शुभ समयको जानकारी

काठमाडौ । आजको दिन श्रावण शुक्ल पञ्चमी परेको छ, जुन

गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको अध्यक्षमा जगन सापकोटा बिजयी

टोरण्टो । गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको अध्यक्षमा जगन

गोसाइँकुण्डमा स्नान गर्ने क्रममा दुई तीर्थालु बेपत्ता, उद्धार कार्य जारी

रसुवा । नेपालकै एक प्रमुख तीर्थस्थल गोसाइँकुण्डमा आइतबार स्नान गर्ने